देउवाले भने, ‘कांग्रेस कहिल्यै हार्दैन, कांग्रेसका उम्मेदवार मात्रै हारेका हुन्’


१८ माघ २०७४, बिहीबार
Sher bahadur deupa

काठमाडौं: नेपाली काँग्रेसका सभापति तथा प्रधानमन्त्री देउवाले काँग्रेस पार्टी कहिल्यै नहार्ने र उम्मेदवार मात्र हारेको बताएका छन् ।Sher bahadur deupa

“काँग्रेस हारेको छैन र कहिल्यै हार्दैन, सिद्धान्त र आदर्श हार्दैन, पार्टीका उम्मेदवार चाहिँ हारेका छन्, यस सम्बन्धमा छिट्टै नै केन्द्रीय समितिमा छलफल गर्नेछु,” उनले भने । सभापति देउवाले सिद्धान्त र आदर्श राम्रो बोकेको पार्टीले निर्वाचनमा नराम्रो पराजय भोगेको उल्लेख गर्दै त्यही सिद्धान्त र विचारलाई व्यापक जनतामाझ लगेर पार्टीलाई अझ बलियो बनाई भविष्यमा कहिल्यै नहार्ने गरी लैजानुपर्छ भने ।

काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले मुलुकको समृद्धिलाई अघि बढाउने सशक्त माध्यम पर्यटन क्षेत्र नै भएकाले यसको प्रवद्र्धनका लागि सक्रिय भूमिका खेल्नुपर्नेमा जोड दिए ।उनले पार्टीमा जातीय आधारमा भातृ संस्था बनाउनेभन्दा पनि व्यावसायिक संस्थालाई पार्टीको शुभेच्छुक संस्था बनाएको खण्डमा पार्टी स्वस्थ्य र बलियो हुने विश्वास व्यक्त गरे ।

कार्यक्रममा सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले मुलुकको आर्थिक समृद्धिको आधार मानिने पर्यटन क्षेत्रको प्रवद्र्धनार्थ सरकारले सगरमाथा क्षेत्रमा निःशुल्क वाइफाइ क्षेत्र घोषणा गरेको र त्यसका लागि बजेट विनियोजन भई काम शुरु भइसकेको जानकारी दिए ।

उनले भने, “पर्यटकको सुविधालाई मध्यनजर गरी सरकारले सगरमाथा र अन्नपूर्ण आधार शिविर परिसर क्षेत्रलाई निःशुल्क वाइफाइ क्षेत्र घोषणा गरेर बजेट विनियोजन गरिसकेको र चाँडै नै यो कार्यान्वयमा आउनेछ ।” मन्त्री बस्नेतले यसबाट आरोहणका क्रममा हुनसक्ने दुर्घटना न्यूनीकरण गर्न र सूचना व्यवस्थापनमा सहयोग पुग्ने विश्वास व्यक्त गरे।

पूर्वमन्त्री दीपक खड्काले समग्र काँग्रेसलाई पुनर्ताजगी दिलाउन पर्यटन व्यवसायीको पहल सकारात्मक भएको उल्लेख गरे । संघका अध्यक्ष दीपक महतले काँग्रेसका भ्रातृ संस्थाको पुनर्जागरण गराउन र पर्यटन व्यवसायमा आबद्ध शुभेच्छुक संस्थामा ऊर्जा प्रदान गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बताए।

कार्यक्रममा काँग्रेसकातर्फबाट विभिन्न मन्त्रालयको जिम्मेवारी सम्हालेका मन्त्री, पार्टीका केन्द्रीय सदस्य, सांसद तथा भ्रातृ संस्थाका प्रतिनिधिको सहभागिता थियो ।सो अवसरमा पर्यटन क्षेत्रमा योगदान पु¥याउने विभिन्न पर्यटन व्यवसायीलाई सम्मान गर्नुका साथै पत्रकार अशोक सिलवाललाई नगद रु २५ हजारसहित सम्मान गरिएको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७