यसो भनिन् सुष्मा स्वराजले प्रचण्डलाई


१९ माघ २०७४, शुक्रबार
dahal swaraj 5a73f503571a53.67028477

काठमाण्डौं, १९ माघ : भारतीय विदेशमन्त्री सुष्मा स्वराजले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई शुक्रबार भेटेकी छन् ।dahal swaraj 5a73f503571a53.67028477

स्वराजसँगको भेटपछि प्रतिक्रिया दिंदै दाहालले अहिले उनको भ्रमण एक सद्भाव भ्रमणको रुपमा आफूले बुझेको बताएका छन् । प्रचण्डले चुनावपछिको नेपालको परिस्थिति र सरकार गठनको तयारीका बारेमा विदेशमन्त्री स्वराजले जिज्ञासा राखेको बताएका छन् । नेपालको भावी राजनीति कसरी अघि बढ्ला भनी जिज्ञासा राखेको र निर्वाचनमा विजयी भएकोमा बधाई शुभकामना दिएको बताए ।

आफूले नेपालका लागि राजनीतिक स्थायीत्व र विकास आवश्यक रहेको र मुख्य गरी दुई देशबीचको सहयोग र सद्भावका बारेमा नै कुराकानी भएको प्रष्ट्याएका छन् । नेपालको राजनीतिक स्थायीत्व र विकासका लागि भारतको सधैं सहयोग रहने प्रतिवद्धता जनाएको दाहालले बताएका छन् । पूर्व निर्धारित कार्यक्रम अनुसार सोल्टी होटलमा शुक्रबार बिहान ९ः४० देखि साढे १० बजेसम्म स्वराज र प्रचण्डबीच भेतवार्ता भएको प्रचण्डका प्रेस संयोजक मनहरि तिमिल्सिनाले बताएका छन् ।

विदेशमन्त्री स्वराजले शुक्रबार नै राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्रीसहित कांग्रेस नेतासँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ । उनी आजै अपरान्ह भारत फर्किने छिन् । बिहीबार दिउँसो काठमाण्डौं आएकी स्वराजले भावी प्रधानमन्त्रीको मुख्य दावेदार रहेका एमाले अध्यक्ष केपी ओलीसँग एकल र एमाले नेतासहित संयुक्त भेटवार्ता गरेकी थिइन् । उनले मधेसी दलका नेताहरुसँग पनि समसामयिक राजनीतिक अवस्थाका बारेमा जानकारी लिएकी थिइन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७