काठमाडौं उपत्यकामा थपिए १८६ जना कोरोना संक्रमित


१३ भाद्र २०७७, शनिबार
kathmandu valley 2nd ring rode

काठमाडौं, १३ भदौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप १८६ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार शनिबार उपत्यकाका जिल्लाहरू काठमाडौंमा १५५ जना, ललितपुरमा १९ जना र भक्तपुरमा १२ जना संक्रमित भेटिएका हुन् ।

नेपालमा पछिल्लो २४ घण्टामा थपिएका ८८४ जना संक्रमितमध्ये १८६ जना काठमाडौं उपत्यकाका हुन् । योसहित नेपालमा कोरोना संक्रमितको संख्या ३७ हजार ३४० जना पुगेको छ ।
यस्तै देशभर पछिल्लो २४ घण्टामा ३१३ जना निको भएर घर फर्किएका छन् ।

यससँगै अहिलेसम्म २० हजार ५५५ जना संक्रमित निको भएर घर फर्किएका छन् । त्यस्तै हाल देशभर सक्रिय संक्रमितको संख्या १६ हजार ५७८ छ । त्यसमध्ये १० हजार १४५ जना संस्थागत आइसोलेसन र ६ हजार ४४५ जना होम आइसोलेसनमा छन् । पछिल्लो २४ घण्टामा १० हजार ९७१ वटा आरटी पीसीआर परीक्षण गरिएको छ मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७