आज थपिएका १३ सय ५१ जना कोरोना संक्रमितमध्ये कुन जिल्लाका कति ?


१२ आश्विन २०७७, सोमबार
korona

काठमाडौं, १२ असोज । नेपालमा पछिल्लो २४ घण्टामा थप एक हजार ३५१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

देशभरका विभिन्न प्रयोगशालामा गरिएको १० हजार ८० नमुना जाँचमध्ये आज १,३५१ जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिएका छन् । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ७४ हजार ७४५ पुगेको छ ।

पछिल्लो २४ घण्टामा ७४२ जना डिस्चार्ज भएका छन् । डिस्चार्ज हुनेको संख्या ५४ हजार ६४० पुगेको छ । देशभर १९ हजार ६२४ जना सक्रिय संक्रमित रहेको पनि मन्त्रालयले जानकारी दिएको छ ।

आज (सोमबार) कुन जिल्लामा कति संक्रमित थपिए ?

आज (सोमबार) प्रदेश- १ को इलाममा २, ओखलढुंगामा १, खोटाङमा २, झापामा २, तेह्रथुममा २, पाँचथरमा १, भोजपुरमा २, मोरङमा ४९, संखुवासभामा १ र सुनसरीमा २० जनामा कोरोना संक्रमण फेला परेको छ ।

प्रदेश-२ को धुनषामा २२, पर्सामा ७, बारामा ३, महोत्तरीमा २५, रौतहटमा १, सप्तरीमा १०, सर्लाहीमा ६ र सिरहामा ५५ जनामा कोरोना पाइएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

बागमती प्रदेशको काठमाडौंमा मात्र ६४९ जनामा कोरोना पुष्टि भएको छ । काभ्रेमा १०, चितवनमा १७, दोलखामा १, धादिङमा ११, नुवाकोटमा ३, भक्तपुरमा ३६, मकवानपुरमा ४०, ललितपुरमा १३२, सिन्धुलीमा ४ र सिन्धुपाल्चोकमा ७ जनामा कोरोना भेटिएको मन्त्रालयले जनाएको छ ।

गण्डकी प्रदेशको कास्कीमा ४, गोरखामा ३, तनहुँमा १७, नवलपरासी पूर्वमा २०, पर्वतमा ३, लमजुङमा ७, बाग्लुङमा १ र स्याङजामा ३ जनामा कोरोना पुष्टि भएको छ ।

प्रदेश-५ को अर्घाखाँचीमा १, कपिलवस्तुमा ५, गुल्मीमा ५, दाङमा २, नलवपरासीमा ५, प्युठानमा १, बर्दियामा २, बाँकेमा १६ र रुपन्देहीमा २० जनामा कोरोना पाइएको छ ।

कर्णाली प्रदेशको कालिकोटमा २, जाजरकोटमा २, दैलेखमा २, सल्यानमा २ र सुर्खेतमा २९, सुदूरपश्चिमको अछाममा १३, कैलालीमा ५०, बझाङमा १४ र बैतडीमा १ जनामा कोरोना भेटिएको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७