चीनसँग विवाद बढिरहेका बेला भारतले गर्‍यो चार किमी टाढा ‘मार’ हान्न सक्ने शक्तिशाली मिसाइल परीक्षण


१८ आश्विन २०७७, आईतवार
indiapowerrr 20201003115855

नयाँदिल्ली, १८ असोज । चीनसँग सीमा विवाद बढिरहेका बेला भारतले शनिबार चार किलो मिटर टाढासम्म ‘मार’ हान्न सक्ने ब्यालेस्टिक मिसाइल ‘सौर्य’को नयाँ संस्करण सफल परीक्षण गरेको छ ।

भारतीय रक्षा मन्त्रालयका अनुसार यो नयाँ मिसाइल करिब एक हजार किलोमीटर टाढासम्म निशाना लगाउन सक्छ । बीबीसी हिन्दीमा प्रकाशित समाचार अनुसार सौर्य जमिनदेखि जमिनसम्म हमला गर्न सकिने मिसाइल हो ।

यस्तै सुरक्षा अधिकारीहरुले सौर्य मिसाइललाई विश्वकै सबैभन्दा शक्तिशाली १० वटा मिसाइलहरुमध्ये एक मानेका छन् । साथै सौर्य मिसाइललाई अति तीव्र गतिमा चल्नसक्ने मिसाइल पनि मानिन्छ । जुन स्याटलाइट इमेजिङको माध्यमबाट पनि यसलाई भेट्न नसकिने बताइन्छ ।

भारतले यो मिसाइल चीनसँग लद्दाखमा सीमा विवाद भइरहेका बेला परीक्षण गरेको हो । यसर्थ पनि भारतको यस्तो कदमलाई अर्थपूणर् रुपमा हेरिएको छ । जब कि चीनसँग सीमा विवाद समाधानका लागि पटक पटक वार्ता प्रयास भए पनि सफल हुन सकिरहेको छैन । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७