चौरसिया हत्यामा संलग्नलाई कारबाही गर्न नेकपा नेता नेपालको माग


८ कार्तिक २०७७, शनिबार
madhav nepal2020 07 19 05 52 27

काठमाडौं, ८ कार्तिक । नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले पर्सा जिल्ला कमिटी सदस्य मुकेश चौरसियालाई आक्रमण गरी हत्या गर्ने दोषीमाथि कारबाही गर्न माग गरेका छन् ।

पार्टीको शपथग्रहण कार्यक्रमममा बिहीबार चौरसियामाथि आक्रमण भएको थियो । गम्भीर घाइते उनको उपचारको क्रममा शुक्रबार निधन भएको हो ।

1 7

विन्दवासनी गाउँपालिकाको शपथग्रहण कार्यक्रममा नेकपाकै दुई समूहबीच झडप भएको थियो । एक पक्षले विन्दवासनी गाउँपालिका– ५ परसौनी भाठामा गाउँपालिका कमिटीको शपथग्रहण आयोजना गरेको थियो भने अर्को गुटका कार्यकर्ताले कार्यक्रममा सहभागी हुन नपाउँदा असन्तुष्टि जनाउँदै विरोध गरेपछि झडप भएको थियो ।

कार्यक्रमस्थलमा विवाद भएपछि दुवै पक्षबाट लाठी हानाहान हुँदा आठ जना घाइते भएका थिए । नेपालले सामाजिक सञ्जालमा चौरसियाप्रति श्रद्धाञ्जली व्यक्त गर्दै पार्टी कार्यक्रममा आफ्नै कामरेडको हत्या गर्ने गराउने व्यक्ति वा समूह जुनसुकै आवरणमा बसेको भए पनि कडा कारबाही गर्न सरकारसँग माग गरेका छन् ।

c3c5366065023ea10a21fe8ba7974d55 w1000 h500 cp 1
मुकेश चौरसिया

चौरसिया सो गाउँपालिकाका पार्टी सचिव पनि हुन् । नेकपा पर्साका नेताहरूबीच आन्तरिक विवादका केही सातायता अलगअलग शपथग्रहण कार्यक्रम हुँदै आएको छ । नेकपा पर्साका नेताहरूका आन्तरिक गुटबन्दीले ठूलो विवाद भएपछि घटना घटेको नेताहरूले बताएका छन् । नयाँ पत्रिका दैनिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७