एक रातको बेहोसीले बाबाजीलाई जेल


१७ मंसिर २०७७, बुधबार
siddababa

काठमाडौं, १७ मंसिर । जबरजस्ती करणी (बलात्कार) को अभियोग लागेका सिद्धबाबा भनिने कृष्णदास गिरीको थुनामुक्त हुने अन्तिम विकल्प सकिएको छ । बाबाजीले अब मुद्दाको अन्तिम फैसला नहुन्जेलसम्म थुनामै बस्नुपर्ने छ । सुनसरी जिल्ला अदालतले गत वर्षको माघ ९ गते सिद्धबाबालाई पुर्पक्षका लागि जेल पठाएको थियो ।

पीडित महिलाको किटानी जाहेरी, घटनाको समय, त्यसको अघिपछि पीडित महिला प्रतिवादीको आश्रममै रहेको तथ्य, पीडित र प्रतिवादीबीच भएको मोबाइलको म्यासेजबाट देखिएको सामिप्य, अडियो म्यासेजको प्रामाणिकता, प्राविधिक जाँचबाट पुष्टि भएको अवस्थालगायत तत्काल प्राप्त प्रमाणका आधारमा थुनामै राख्नुपर्ने अवस्था देखिएको सर्वोच्चले आदेशमा जनाएको छ ।

सिद्धबाबा भएको दाबी गर्ने यी सन्न्यासीले ती अनुयायीलाई साधनाका नाममा राति १२ बजे एकान्तमा बोलाएर बलात्कार गरेको किटानी जाहेरी प्रहरीमा परेको थियो । ती पीडित महिलाले हिन्दू धर्मप्रतिको अगाध भक्ति भएकै कारण धर्म प्राप्तिका निम्ति आस्था बोकेर बाबाको संगतमा पुगेको बताएकी थिइन् । जनआस्था साप्ताहिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७