सिटिजन्स बैंकका ग्राहकहरुलाई द फर्न रेसिडेन्सीमा विशेष छुट


२७ मंसिर २०७७, शनिबार
Citizens Bank

काठमाडौं, २३ मंसिर । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र द फर्न रेसिडेन्सी होटल, भरतपुर, चितवन बीच बैंकका ग्राहकहरुलाई विभिन्न सेवा शुल्कमा विशेष छुट दिने सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको छ ।

यस सम्झौतापश्चात सिटिजन्स बैंकका डेबिट, क्रेडिट र प्रिभिलेज कार्डवाहकहरुले द फर्न रेसिडेन्सी होटलमा सेवा लिँदा विशेष छुट पाउँनेछन् ।

यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुने विश्वास बैंकले लिएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७