नेपालले क्यानडा विरुद्ध बलिङ गर्दै : जित्नै पर्ने दवाबमा नेपाल, विश्वकप खेल्ने सम्भावना कति ?


२ फाल्गुन २०७४, बुधबार
criket a

काठमाडौं, २ फागुन : नामिबियामा जारी आइसिसी विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले क्यानडा विरुद्ध टस जितेर फिल्डिङ गर्ने भएको छ ।criket a

नामिबियाको वन्डरर्स क्रिकेट मैदानमा हुन लागेको खेलमा क्यानडाले पहिले ब्याटिङ गर्नेछ
सन् २०१९ मा इङ्ल्याण्डमा हुने विश्वकप क्रिकेटको छनोट खेल खेल्नका लागि नेपाललाई आज क्यानाडामाथि जित निकाल्नै पर्ने दबाव छ । अब नेपालले शीर्ष दुईमा स्थान बनाउँदै वान डे वल्र्डकप क्वालिफायरमा स्थान बनाउन क्यानाडालाई हराउनै पर्नेछ । हराउन असफल भएमा नेपालको यात्रा डिभिजन टु मै यथावत् रहने सम्भावना बढी हुन्छ ।

अन्तिम चरणमा आइपुग्दा क्यानडा, नेपाल र नामिबियाले समान ६ अंकसहित शीर्ष स्थानमा रहँदै छनोटको सम्भावनालाई बलियो बनाएका छन् । यस्तै युएईले पनि छनोट हुने आशालाई जिवितै राखेको छ ।

नेपाल र क्यनडा तथा युएई र नामिबियाको विजेताले शीर्ष २ टिमको टुंगो लाग्नेछ । शीर्ष २ टिम एकदिवसीय विश्वकप छनोट प्रतियोगिताका लागि छनोट हुनेछन् । यस्तै आजै युएई र नामिबिया तथा ओमान र केन्याबीच प्रतिस्पर्धा हुनेछ ।

डिभिजन टु को शीर्ष दुई स्थानमा रहने टोली वल्र्डकप क्वालिफायरमा छनोट हुनेछन् भने तेस्रो र चौथो स्थानमा रहने टोली डिभिजन टु मै यथावत् रहनेछन् । अहिलेसम्म एक खेल पनि जित्न नसकेको केन्या डिभिजन टुबाट थ्री मा घटुवा भइसकेको छ ।

पहिलो खेलमा नामिबियामाथि रोमाञ्चक जित निकालेको नेपालले दोस्रो खेलमा ओमानसँग हार व्यहोरेको थियो भने तेस्रो खेलमा सोमबार युएईलाई हराएको थियो । आज नेपालले क्यानाडासँग खेल्दा घरेलु टोली नामिबियाले युएइको सामना गर्नेछ । यदि नेपालले जित्यो भने सोझै फाइनलसँगै विश्वकप छनोटमा स्थान पक्का गर्नेछ ।

पारस खड्काको कप्तानीमा रहेको नेपाली टोलीमा उपकप्तान ज्ञानेन्द्र मल्ल, शरद भेषवाकर, ललित भण्डारी, वसन्त रेग्मी, सोमपाल कामी, शक्ति गौचन, अनिलकुमार साह, मोहमद अरिफ, रोहितकुमार पौडेल, करण केसी, सन्दिप लामिछाने, दीपेन्द्रसिंह ऐर र दिलिप नाथ छन् ।

नेपालको विश्वकप खेल्ने सम्भावना कति ?
सन् २०१९ को विश्वकप क्रिकेटमा १० देश मात्र सहभागी हुनेहुँदा नेपाल पनि सहभागी हुने सम्भावना निकै झिनो छ । तर झिनै भए पनि कुनै अभूतपूर्व नतिजाले नेपाललाई विश्वकपमा पु¥याउन सक्छ ।

विश्वकपमा पुग्नका लागि सबैभन्दा पहिलो खुड्किलोका रुपमा रहेको विश्व क्रिकेट लिग च्याम्पियनशीपको शीर्ष चारमा स्थान बनाउन नसक्दा गत असोजमा नेपाल डिभिजन टुमा घटुवा भएको थियो ।

विश्व क्रिकेट लिग च्याम्पियनशीपको शीर्ष चारमा रहन नसकी डिभिजन टुमा झरे पनि नेपालको सम्भावना समाप्त भने भएको छैन । किनकी दोस्रो डिभिजनको लिगमा शीर्ष दुईमा रहने टोलीले पनि छनोट प्रतियोगितामा सहभागी हुन पाउनेछन् । आज सोही दुई टोलीको छिनोफानो नामिबियामा हुँदैछ ।

ranking table

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७