रोमाञ्चक खेलमा नेपालले केन्यालाई ३ विकेटले हरायो


२९ माघ २०७४, सोमबार
criket

काठमाडौं,२९ माघ :  आईसीसी विश्व क्रिकेट लिग डिभिजन टू मा नेपालले केन्यालाई ३ विकेटले हराएको छ । केन्याले दिएको  १७७ रनको लक्ष्य ४९.५ ओभरमा ७ विकेटको क्षतिमा पुरा गरेको हो ।    जितसँगै नेपालले विश्वकप छनोट खेल्ने सम्भावना जिवितै राखेको छ ।criket

१७८ रनको लक्ष्य पछ्याएको नेपालले खराब सुरुवात गरेपनि कप्तान पारस खड्काको ४२ रन तथा आरिफ र रोहितको शानदार ब्याटिङ मद्दतमा केन्यालाई ३ विकेटले पराजित गर्दे तेस्रो जित हासिल गरेको हो।

नेपालको सुरुवातमा मात्र १४ रन जोड्दा तीन विकेट गुमाएको नेपालको पारी कप्तान पारस खड्का र शरद भेषावकरले सम्हाल्ने प्रयास गरे । उनीहरुले चौथो विकेटका लागि ५५ रनको साझेदारी गरे । पारस ४२ रनमा आउट भए । थप १३ रन जोड्दा शरद पनि व्यक्तिगत १९ रनमा आउट भए, जतिबेला टिमको स्कोर मात्र ८२ रन थियो ।

तर, आरिफ र रोहितले महत्वपूर्ण साझेदारी गरे । दुबैले छैटौ विकेटका लागि ८७ रनको साझेदारी गरे । दुबैले नेपाललाई जित दिलाउने अनुमान गरिएको थियो । तर, ४८.२ ओभरमा आरिफ ४२ रनमा आउट भएपछि खेलले नाटकीय रुप लियो ।criket a

यो ओभरको बाँकी चार बलमा नेपालले ३ रन जोडेपछि अन्तिम ओभरमा ६ रन चाहियो । पहिलो बलमा २ रन लिएका रोहितले दोस्रो बलमा एक रन जोडे । तेस्रो बलमा सोमपालले एक रन लिए । तर, चौथो बलमा रोहित ४७ रनमा रनआउट हुन पुगे । अब अन्तिम २ बलमा २ रन चाहियो र स्ट्राइकमा सोमपाल थिए । ओभरको पाँचौं बलमा २ रन लिँदै जित दिलाए ।

यसअघि पहिले ब्याटिङ गरेको केन्याले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर १७७ रन बनाएको थियो । केन्याका लागि  ओपनरद्वय एलेक्स ओबान्डा र इरफान करिमले पहिलो विकेटका लागि ६५ रनको साझेदारी गर्दै केन्यालाई गतिलो सुरुवात दिलाएका थिए। तर सन्दीपले १६औँ ओभरको आफ्नो पहिलो स्पेशलमै ओबान्डाको विकेट लिदै केन्याको साझेदारी तोडेका थिए। उनले आफ्नो दोस्रो ओभरमा धिरेन गोन्डरियाको विकेट लिए भने ३३औँ ओभरको पहिलो र दोस्रो बलमा क्रमश : कप्तान राकेप पटेल र रुसन पटेलको विकेट लिएका थिए।

याे पनि पढ्नुहाेस्
सबैको आँखामा सन्दिप
चम्किए सन्दीप, एक्लैले लिए पाँच विकेट

त्यसअघि केन्याका लागि सर्वाधिक ४२ रन बनाएका इर्फान करिमलाई बसन्त रेग्मीले ३३औँ ओभरको दोस्रो बलमा आउट गरेका थिए।  केन्याका लागि ओबान्डाले ४१ तथा कोलिन्स ओबुयाले २७ रन बनाए। नेल्सन ओढिएम्बो २४ तथा शेम एनगोचे २३ रनमा नटआउट रहे। यी दुईले नवौँ विकेटका लागि ३८ रनको साझेदारी गरे।

बलिङतर्फ नेपालका सन्दीप लामिछानेले ५ विकेट लिए । १० ओभर बलिङ गरेका सन्दीपले ५ मेडन राख्दै २० रन खर्चेर ५ विकेट लिएका हुन् । टस जितेर नेपालले पहिले फिल्डिङ गरेको खेलमा सोमपाल कामी, शरद भेषावकर र बसन्त रेग्मीले पनि १ र १ विकेट लिए ।

डिभिजन टु मा नेपाल ४ खेलबाट ६ अंकसहित दोस्रो स्थानमा छ । नेपाल यसअघि नेपाल नामिबिया र यूएईलाई हराएको भने ओमानसँग हारेको थियो । यस्तै तीन खेल खेलेको क्यानाडा ६ अंकसहित पहिलो स्थानमा छ ।

Table division 2

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७