ओली निवासको कौशीमा यस्तो जुट्यो सहमति, भोलि संयोजन समितिको बैठक


५ फाल्गुन २०७४, शनिबार
Kp Oli and Prachand

काठमाण्डौं, ५ फागुन : वाम गठबन्धन टुट्न लागेको अनुमान भइरहेका बेला शनिबार एकाएक सुखद समाचार बाहिर आएको छ । ओली निवास बालकोटमा आज विहान भएको ४५ मिनेटको ओली–प्रचण्ड वार्ता पार्टी एकताका लागि निर्णायक बन्ने बाटोमा पुगेको छ ।Prachanda kp Oli

वाम गठबन्धनका प्रमुख नेताबीच पार्टी एकतालाई निष्कर्षमा पुर्‍याउँदै सरकार गठनलाई पूर्णता दिने सहमति भएको छ । प्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच आज बिहान करीब ४५ मिनेट भएको भेटवार्तामा सरकार गठनलाई पूर्णता दिने र पार्टी एकताका बाँकी बिषयमा सहमति जुटाउने करीब–करीब सहमति भएको छ ।

जिल्ला भ्रमणमा निस्कन लागेका माओवादी अध्यक्ष दाहालले शनिबार बिहान प्रधानमन्त्री ओलीसँग एक्लै भेटवार्ता गरेका थिए । दुवै दलका प्रमुख नेताले भोलि एकता संयोजन समितिको बैठक बोलाएर मिल्न बाँकी बिषयलाई टुङ्गो पुर्‍याउने सहमति समेत गरेका छन् । बैठकको समय र स्थान तय नभए पनि माओवादी केन्द्रका अध्यक्ष दाहाल काठमाण्डौं फर्किए लगत्तै छलफल अघि बढ्ने छ ओलीका प्रेस संयोजक नेतन अधिकारीले जानकारी दिएका छन् । वाम गठबन्धनका प्रमुख दुई नेताले एकीकृत पार्टीको नेतृत्व र सरकारमा आलोपालोको सहमति गरे पनि एकीकृत पार्टीको मार्गदर्शक सिद्धान्तमा गरेर एकता प्रक्रिया अड्किएको छ ।

एमालेका शीर्ष नेताले एकीकृत पार्टीको सिद्धान्त जनताको बहुदलीय जनवाद राख्नै पर्ने अडान राखे पनि एकता प्रक्रियाको निर्णायक वार्ता निष्कर्षविहीन भएको थियो । तत्काल एकता प्रक्रिया स्थगित भए पनि माओवादीको समर्थनमा एमाले अध्यक्ष ओली प्रधानमन्त्रीमा नियुक्त भईसकेका छन् । एकता प्रक्रिया निष्कर्षमा नपुगेको भन्दै ओलीले नेतृत्व गरेको सरकारमा माओवादी केन्द्र सहभागी भएको छैन । एमाले अध्यक्षका प्रेस संयोजक चेतन अधिकारीले भोलि एकता संयोजन समितिको बैठक बसेर सरकारलाई पूर्णता दिने र एकतालाई निष्कर्षमा पु¥याउने सहमति भएको बताएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७