प्रधानमन्त्रीले गरे नेपालीको मुहारमा खुशीयाली ल्याउने महाअभियानको उद्घोष


७ फाल्गुन २०७४, सोमबार
oli 2

काठमाडौं, ७ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालीको मुहारमा खुशीयाली ल्याउने महा–अभियान सुरु गर्ने उदद्घोष गरेका छन् ।oli 2
प्रजातन्त्र दिवसको अवसरमा टुँडिखेलमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले सम्पूर्ण नेपाली दिदीवहिनी तथा दाजुभाइहरुलाई शुभकामना दिदैं अब जनताको चाहना बमोजिम युग सापेक्ष विकास र विकास सापेक्ष नीति एवं कार्यक्रमबाट नेपाल र नेपालीको मुहारमा खुशीयाली ल्याउने बताएका हुन् ।

‘जनताको चाहनाबमोजिम युग सापेक्ष विकास र विकास सापेक्ष नीति एवं कार्यक्रमबाट नेपाल र नेपालीको मुहारमा खुशीयाली ल्याउने महा–अभियान सुरु हुने उदद्घोष पनि म यसै समारोहबाट गर्न चाहन्छु ।’, उनले भने, ‘यसका लागि हाम्रा शुभ चिन्तक, सहयात्री सम्पूर्ण स्वदेशी एवं विदेशी मित्रहरुलाई पनि सहभागिता र सहयोगको हार्दिक आह्वान गर्दछु ।’

यस्तै प्रधानमन्त्री ओलीले तीनै तहको सरकारको संयुक्त प्रयासबाट न्यायपूर्ण सामाजिक व्यवस्था स्थापना गर्ने र आर्थिक विकास मार्फत ‘सुखी नेपाली र समृद्ध नेपाल’ को लक्ष्य हासिल गर्ने ऐतिहासिक अवसर आरम्भ भएको पनि बताएका छन् ।

६८औँ प्रजातन्त्र दिवसका अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारी शहीदमञ्च टुँडिखेलमा आयोजित विशेष समारोहमा सरिक भएकी छिन् । सो समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रजातन्त्र दिवस मूल समारोह समितिका अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली, प्रधान न्यायाधीश गोपाल पराजुली, मन्त्रीहरु एवम् संवैधानिक निकायका प्रमुखहरुको उपस्थिति छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७