झापा पुगेर केपी ओलीले भने: एमालेले म्याच फिक्सिङ गर्दैन


१४ मंसिर २०७४, बिहीबार
oli 2

भद्रपुरः नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राप्रपासँग गठबन्धन भएको झापा– ३ मा एमालेले ‘म्याच फिक्सिङ’ नगर्ने बताएका छन्।oli 2

झापाको बिर्तामोडमा बिहीबार आयोजित चुनावी सभामा बोल्दै अध्यक्ष ओलीले ‘एमालेले जसलाई समर्थन गर्छ, खुला रूपमा गर्छ, जालसाजी गर्न जान्दैन।’ उनले पत्रिकाको नामै लिएर भने, ‘कान्तिपुर जस्तो राष्ट्रिय दैनिकले आज मुख्य पृष्ठमा एमालेले झापा– ३ मा कांग्रेससँग म्याच फिक्सिङ गर्छ भनेर समाचार लेखेछ।’ ‘म्याच फिक्सिङको नाममा गठबन्धनलाई लत्याएर एमालेले कसैसँग फोहोरी खेल खेल्दैन’, ओलीले सभामा भने, ‘फोहोरी खेल खेल्नु थियो भने एमालेले पहिले नै खेल्थ्यो।’

उनले आफूहरू वचनका पक्का भएकाले दायाँ बायाँ गर्न नजान्ने दाबी गरे। ‘झापा– ३ मा राप्रपालाई कुनै हालतमा धोका दिँदैनौँ’, उनले भने। झापा क्षेत्र नम्बर- ५ का उम्मेदवार रहेका ओलीले कांग्रेसलाई आफूहरूले लतारेर गणतन्त्रमा ल्याएको दाबीसमेत गरे।

एमाले-माओवादीको वाम गठबन्धनले झापा ३ मा राप्रपाका राजेन्द्र लिङ्देनलाई सर्मथन गरेको छ । कांग्रेसका कृष्ण सिटौला चुनावी मैदानमा छन् । कांग्रेसले धोका दिएपछि झापा ३ मा वाम गठबन्धनले राप्रपालाई समर्थन गरेको भन्दै उनले लिङ्देन साझा उम्मेदवार भएको बताए । एमाले र माओवादीको समर्थन हुँदा हुँदै लिङ्देन पराजित भए एमालेलाई लाज हुने उनले बताए ।

 

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७