सरकारमा जान यसरी राजी बने प्रचण्ड


७ फाल्गुन २०७४, सोमबार
Oli Dahal

काठमाण्डौं, ७ फागुन : नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच पार्टी एकताको विषय लामो समयदेखि निष्कर्षमा पुग्न सकेको छैन । Oli Dahal

केही दिनयता प्रायजसो ओली र प्रचण्डको ‘वान टु वान’ वार्ता भए पनि पार्टी एकताले पार पाउन सकेको छैन । ओली प्रधानमन्त्रीमा नियुक्त भईसकेका छन् । माओवादी भने पार्टी एकतापछि मात्रै सरकारमा जाने अडानमा छ । उनीहरुले सरकार भन्दा बाहिर बसेर ओली सरकारलाई समर्थन गर्ने अडान राख्दै आएका थिए । तर, हिजो ओली र प्रचण्डबीच भक्तपुरको ठिमीस्थित व्यवसायी दुर्गाप्रसाद प्रसाईंको घरमा ५ घण्टाको वार्ताले सरकार गठनले पूर्णता पाउने भएको छ । माओवादीले राख्दै आएको अडानबाट पछि हटेपछि सरकार गठनले पूर्णता पाउने भएको हो । ओलीसँगको हिजोको वार्तामा प्रचण्ड ‘कन्भिन्स’ भएसँगै सरकारमा जाने भएको हो । माओवादी केन्द्र सरकार बाहिर बसेर सरकारलाई सहयोग गर्ने अडानबाट पछि हटेको छ ।

एमाले र माओवादीको गत बुधबारको बैठकले पार्टी एकताको विषय निष्कर्षमा पुग्न नसक्दा माओवादीले सरकारमा मन्त्री नपठाउने निर्णय गरेको थियो । त्यही कारणले ओली प्रधानमन्त्री भएपछिको पहिलो क्याविनेट माओवादी केन्द्रविहीन भएको थियो । marsi

प्रचण्डले सोमबार बिहान पार्टी नेताहरुसँग भएको आन्तरिक छलफलमा आजै ओलीसँग ‘वान टु वान’ वार्ता हुने जानकारी गराएका छन् । आज हुने वार्तामा पार्टी एकता संयोजन समितिको बैठक बसेर पार्टी एकताबारे ठोस सहमति हुने पनि पार्टीका नेताहरुलाई जानकारी गराएका छन् । दुबै पार्टीबीच अधिकांश कुराहरु सहमति भइसकेका छन् । स्रोतका अनुसार पाटी एकीरणमा प्रमुख मुद्दा वैचारिक दृष्टिकोण ‘जबज’ र ‘माओवाद’ सिद्धान्तलाई बहसमा लगेर कसरी मिलाउने भन्ने विषयमा अल्झिएको छ । अहिलेलाई जवज र माओवाद दुबैलाई कायम राख्दै महाधिवेशनमा गएर वैचारिक संश्लेषण गर्ने सहमति भएको शीर्ष नेताहरु बताइरहेका छन् ।

दुबै पार्टी एक कदम पछि हटेर नेतृत्वको विषयमा सहमति जुटाएका छन् । सहमतिअनुसार महाधिवेशनसम्म केपी ओली र प्रचण्ड दुबै जना सहअध्यक्ष रहने छन् । प्रधानमन्त्री पनि आलोपालो हुने सहमति भएको छ । संगठनका सवाल दुबै पार्टीका केन्द्रीय समिति, पोलिटब्यूरो र स्थायी समितिलाई समायोजन गरेर एउटै केन्द्रीय समिति, पोलिटब्यूरो र स्थायी समिति बनाउने सहमति भएको छ । एकीकृत पार्टीका यी माथिल्ला कमिटीमा दुबै पार्टीका कति–कति नेताहरू रहने भन्नेबारे अझै केही छलफल बाँकी रहेको एक एमाले नेताले बताए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७