गण्डकीमा ‘सांसद वेपत्ता’ प्रकरण : तीन दलको आठ प्रश्न, तीन ३ माग (वक्तव्यसहित)


१६ बैशाख २०७८, बिहीबार
khim bikram shahi

पोखरा, १६ बैसाख । गण्डकी प्रदेशका मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्तावमाथि मतदान हुनै लाग्दा जनमोर्चाका सांसद खिमविक्रम शाहीको ‘अकल्पनीय वेपत्ता’ प्रकरणबारे नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र जनता समाजवादी पार्टी (जसपा) ले सरकार पक्षमाथि विभिन्न आठ प्रश्न उठाएका छन् ।

उनीहरुले सांसद वेपत्ता घटनामा सरकार समक्ष तीन बुँदे माग समेत गरेका छन् । तीन दलले आज (बिहीबार) एक संयुक्त वक्तव्य जारी गरी सो आवाज उठाएका हुन् । गण्डकी प्रदेशमा भएको सांसद बेपत्ता प्रकरणले अहिले राष्ट्रिय राजनीति तातिएको छ ।

प्रदेश सरकारमा घटेको उक्त घटनाले अहिले केन्द्र सरकारको समेत आलोचना भइरहेको छ । प्रधानमन्त्री समेत रहेका नेकपा एमालेका अध्यक्ष केपी ओली सरकारको संलग्नतामा गण्डकी प्रदेशमा यस प्रकारको घटना भएको भन्दै सर्वत्रा आलोचना भइरहेको छ ।

कांग्रेस, माओवादी र जसपाले जारी गरेको संयुक्त वक्तव्यको पूर्णपाठ

Gandaki 3dal statement

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७