आर्थिक चलखेलमा १० कम्पनीलाई अनुमति


१४ फाल्गुन २०७४, सोमबार
bima sastan chandra dhakal आर्थिक चलखेलमा १० कम्पनी

काठमाडौं, १४ फागुन । ‘कसैलाई के को धन्दा घरज्वाईलाई खानकै धन्दा’ भने जस्तै गणतन्त्र केही मानिसहरुका निमित्त कामधेनु गाई सरह भएको छ । केही समयअघि बीमा समितिका अध्यक्षमा नियुक्ति पाएका चिरञ्जीवी चापागाईले ग्लोबल आईएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालको आर्थिक चलखेलमा लागेर धमाधम नयाँ वीमा कम्पनी खोल्न स्वीकृत गरेपछि अहिले विदेश जाने कामदारका लागि तामझामका साथ श्रम कार्यालय अघि बाटो छेक्ने बीमा कम्पनीहरुको भीड बढेको छ ।bima sastan chandra dhakal आर्थिक चलखेलमा १० कम्पनी

सुरुमा अवैध हुन्डी कारोबारबाट उदाएका चन्द्र ढकालले भ्रष्टाचार गरी रातारात अर्बपति भएका कर्मचारीहरुको रकम चलाएर आइएमई कम्पनी खोलेका थिए । तिनै भ्रष्ट कर्मचारीको पैसा लगानी गरेका ढकालको ठेक्कामा बीमा समितिको अध्यक्ष बनेका चापागाईले स्वीकृति दिएका कम्पनीहरु नाफामूलक क्षेत्रमा मात्रै परिचालन गरिएका छन् ।

सुरुमा अवैध हुन्डी कारोबारबाट उदाएका चन्द्र ढकालले भ्रष्टाचार गरी रातारात अर्बपति भएका कर्मचारीहरुको रकम चलाएर आइएमई कम्पनी खोलेका थिए । तिनै भ्रष्ट कर्मचारीको पैसा लगानी गरेका ढकालको ठेक्कामा बीमा समितिको अध्यक्ष बनेका चापागाईले स्वीकृति दिएका कम्पनीहरु नाफामूलक क्षेत्रमा मात्रै परिचालित छन् । 

पुष्पमकल दाहाल सरकारका अर्थमन्त्री कृष्णबहादुर महराले माओवादी आन्दोलनमा लागेका र वीमामै पीएचडी गरेका डा. रवीन्द्र घिमिरेलाई वीमा समितिको अध्यक्ष बनाउने निर्णय रातारात परिवर्तन गरी चापागाईलाई नियुक्ति गरेका थिए ।

chiranjibi chapagai
चिरञ्जीवी चापागाई, अध्यक्ष बीमा समिति ।

चन्द्र ढकाल लगायतले वीमा कम्पनी दर्ता गर्नका लागि चापागाईलाई लगेका थिए । चापागाईलाई नियुक्ति गर्नका लागि ढकालकै नेतृत्वमा करोडौं रकम घुसको कारोबार भएको थियो । ढकालसहितका १० वटा वीमा कम्पनी दर्ता गर्नका लागि चापागाईलाई नियुक्ति गरिएको थियो । तत्कालीन अर्थमन्त्री कृष्णबहादुर महरालाई घुस खुवाएर चापागाई नियुक्ति गरेका ढकालले देउवा सरकारका पालामा ४ करोडका दरले घुस बुझाएर १० वटा वीमा कम्पनी दर्ता गराएको स्रोतले बताएको छ । देउवा सरकार जाँदाजाँदै वीमा कम्पनीलाई लाइसेन्स दिइएको छ ।

कम्पनी ऐनअनुसार जीवन बीमा कम्पनीको स्वीकृति मन्त्रालयबाट र गैर जीवन वीमाको स्वीकृति बीमा समितिबाट लिनुपर्ने व्यवस्था छ । तर नयाँ लाइन्सेन्सको अनुमति दिनु अघि समिति र मन्त्रालयले बजार विश्लेषण गरी पर्याप्त आधार र कारण दिनुपर्दछ । झण्डै १० महिनाअघि नियुक्ति पाएका चिरञ्जीवी चापागाईले भने १० वटा जीवन बीमा कम्पनीलाई एकै चोटी स्वीकृति दिएर कहीँ नभएको जात्रा देखाएका थिए ।

मन्त्रालयमा आर्थिक चलखेल गरेर तत्कालीन उपप्रधानमन्त्री कृष्णबहादुर महरा मार्फत् नियुक्ति पाउन सफल चापागाईका कारण बीमा कम्पनीहरु च्याउसरी अनुमति 

बजार अनुगमनमा तीन महिनाअघि नकारात्मक राय पाएको बीमा समितिले हत्तारमा स्वीकृति दिएको थियो । समितिले आर्थिक प्रलोभनमा परेर स्वीकृत दिएको स्रोतको दावी छ । मन्त्रालयमा आर्थिक चलखेल गरेर तत्कालीन उपप्रधानमन्त्री कृष्णबहादुर महरा मार्फत् नियुक्ति पाउन सफल चापागाईका कारण बीमा कम्पनीहरु च्याउसरी अनुमति पाएका हुन् ।

Chandra dhakal
चन्द्रप्रसाद ढकाल, अध्यक्ष ग्लोबल आईएमई ग्रुप ।

चापागाईले हतारमा स्वीकृति दिएका नयाँ कम्पनीहरुमा आइएमई लाइफ इन्सुरेन्स, सानिमा, महालक्ष्मी, सिटिजन्स, रिलायवल, रिलायन्स, सनलाइफ, स्टार, ज्योति, युनियन लाइफ लगायत हुन् । शेरबहादुर देउवाले सरकार छाड्नुअघि नै हतार हतार फाष्टट्रयाकबाट यी कम्पनीलाई स्वीकृति दिइएको थियो ।

समाचार स्रोतका अनुसार अध्यक्ष चापागाईले ४० करोड रुपैया सबै ठाउँमा स्वीकृतिका लागि घुस दिनका लागि चाहिन्छ भन्दै उठाउन लगाएको स्रोतको दावी छ । ४० करोड उठाएर दिने ठेक्का चाहिँ उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा आइएमई ग्रुपका अध्यक्ष चन्द्र ढकालले लिएका थिए । ढकाल वर्षेनी एक नयाँ कम्पनी स्थापना गरेर नेता र कर्मचारीका गैरकानुनी आर्जनलाई सेतो बनाउने काममा लागिपरेका छन् ।

ढकाल वर्षेनी एक नयाँ कम्पनी स्थापना गरेर नेता र कर्मचारीका गैरकानुनी आर्जनलाई सेतो बनाउने काममा लागिपरेका छन् ।

उनले भ्रष्टाचारमा संलग्न रहँदै आएका थुप्रै नेता र कार्यकर्ताको लगानीमा ग्लोबल आइएमई बैंक, आइएमई ग्रुप, चन्द्रागिरी केबल कार लगायतमा गैरकानुनी लगानी गरेपनि सम्पत्ति शुद्धिकरण अनुसन्धान विभाग र राजश्व अनुसन्धान विभागले पहुँचकै भरमा छानबिन गर्न सकिरहेको छैन । यसै विषयमा बीमा समितिका अध्यक्ष चिरञ्जीबी चापागाईसँग सम्पर्क गर्दा उनले बोल्न चाहेनन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७