यी प्रदेशमा छ भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह


१४ असार २०७८, सोमबार
Rain

काठमाडौं, १४ असार । आज (सोमबार) पनि देशका धेरै भू–भागमा मनसुनी वायुको प्रभाव रहेको मौसमविदले बताएका छन् ।
मनसुनी वायुको प्रभावका कारण आज पनि देशभर सामान्यदेखि पूर्ण बदली रही गण्डकी प्रदेश तथा प्रदेश–१ का केही स्थानमा बिहानैदेखि वर्षा भइरहेको मौसमविदले बताएका छन् ।

आज दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ । देशका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश–१ र गण्डकी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

यसैबीच, काठमाडौंमा आज दिनभर मौसममा बदली रहने छ । काठमाडौंमा हल्कादेखि मध्यम वर्षा हुने विभागले जानकारी दिएको छ । आज राति देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ । प्रदेश–१, प्रदेश–२, वागमती प्रदेश र गण्डकी प्रदेशका केही स्थानका साथै लुम्बिनी कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

प्रदेश–१ का एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको विभागले जनाएको छ । भारी वर्षाको सम्भावना रहेका प्रदेशहरुको पहाडी भू–भागमा पहिरो तथा गेग्रान बहावको जोखिम रहेको विभागले जनाएको छ । नदीनाला तथा खहरे खोलाहरुमा पानीको सतह बढ्न सक्ने तथा यातायात क्षेत्र प्रभावित हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन विभागले आग्रह गरेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७