राधेराधेमा मोटरसाइकल पल्टिँदा १६ वर्षीय किशोरको गयो ज्यान


२३ आश्विन २०७८, शनिबार
accident 6il842ic318ttv9z9ed983337ajqboj0bo7p3g9ny9c

काठमाडौं, २३ असोज । भक्तपुरको राधेराधेमा तीव्र गतिको मोटरसाइकल आफै अनियन्त्रित भएर दुर्घटना हुँदा एक किशोरको ज्यान गएको छ । दुर्घटनामा अर्का किशोर घाइते भएका छन् ।

अरनिको राजमार्गमा पर्ने भक्तपरको सूर्यविनायक नगरपालिका ५ राधेराधेमा सल्लाघारीबाट राधेराधे तर्फ आउँदै गरेको बागमती प्रदेश ०२–०१७ प १०१२ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई सडक छेउको डिभाईडरमा ठक्कर खाँदा दुर्घटना भएको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ ।

परिसरका डिएसपी दीपक गिरीका अनुसार दुर्घटनामा सप्तरीको बर्निया घर भई हाल काठमाडौं ३२ नरेफाँटमा रहेको एसएनएस मोटरसाइकल वर्कसपमा काम गर्ने १६ वर्षीय राम मण्डलको मृत्यु भएको हो ।

दुर्घटनामा गम्भीर घाइते भएका मण्डलको उपचारको क्रममा मध्यपुर अस्पताल ठिमीमा मृत्यु भएको प्रहरीले जनाएको छ । मोटरसाइकलको पछाडि सबार नुवाकोटको दुप्चेश्वर गाउँपालिका ४ घर भइ हाल नरेफाँट बस्ने १८ वर्षीय राजन तामाङ घाइते भएका छन् । उनको भक्तपरमै उपचार भइरहेको छ । घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७