समयमा महाधिवेशन हुन नदिन सभापतिले आलटाल गरिरहेका छन् : प्रकाशमान सिंह


७ कार्तिक २०७८, आईतवार
Prakashman Singh 12khari1632557518

जनकपुरधाम, ७ कात्तिक । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले समयमा महाधिवेशन हुन नदिन पार्टी सभापति शेरबहादुर देउवाले आलटाल गरिरहेको बताएका छन् । आइतबार जनकपुरधाम विमानस्थलमा सञ्चारकर्मीसँग कुराकानी गर्दै सभापतिको कमजोरीले समयमा महाधिवेशन हुन नसक्ने देखिएको बताए ।

‘महाधिवेशन तोकिएको समयमा हुनुपर्छ । के गाह्रो छ ? निर्वाचन समिति तयार छ’, उनले भने, ‘पार्टी सभापतिले समिति माथि समिति गठन गरेर बेकारमा आलटाल गरिरहनु भएको छ ।’ महाधिवेशन समयमै गराउनु पर्नेमा जोड दिँदै वर्षौँदेखि एउटै व्यक्तिले नेतृत्व गर्दा पार्टीमा बेथिति देखिएको उनको भनाइ छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७