विभेद रुचाउनेहरुले माओवादीको विरोध गरे : प्रचण्ड


७ कार्तिक २०७८, आईतवार
prachanda

काठमाडौं, ७ कात्तिक । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सामाजिक विभेदलाई रुचाउने तथा उत्पीडन र अत्याचारलाई पुनर्स्थापित गर्न चाहनेहरुले माओवादीको विरोध गरेका बताएका छन् ।

आइतवार पदमलाल विश्वकर्मा साहित्य प्रतिष्ठान र नेपाल दलित साहित्य तथा संस्कृति प्रतिष्ठानले आयोजना गरेको ‘ज्योति स्पर्श’ र ‘रातो बारुद’ नामक पुस्तक लोकार्पण कार्यक्रमलाई सम्बोधन गर्दै माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले पूर्व अर्थसचिव रामेश्वर खनालप्रति लक्षित गर्दै सामाजिक विभेदलाई रुचाउने तथा सामन्ती उत्पीडन र अत्याचारलाई पुर्नस्थापित गर्न चाहानेहरुले माओवादी पार्टीको विरोध गरिरहेको बताएका हुन् ।

माओवादीले दलित, जनजाति, आदिबासी समुदाय र महिलाको हक अधिकारको निम्ति लडेको भन्दै उनले दलित समुदाय आफूलाई अत्याचार गर्नेहरुको पछाडि लागेर हिँड्दा भने आफूलाई नमिठो लाग्ने तर्क गरे ।

उनले भने, ‘हिजोका सरकारका कतिपय ठूल्ठूला महान विद्धान कर्मचारीतन्त्रका ठूला भन्नेहरु चाहिँ माओवादी नसकिदाँसम्म यो देशले सुख पाउँदैन भनेको सुन्नु भएको छ नि हिजो अस्ति मात्रै। को हुन् ति मान्छेहरुरु सामाजिक विभेदलाई रुचाउने, सामन्ती उत्पीडन र अत्याचारलाई फेरि पुर्नस्थापित गर्न चाहने, महिलालाई विशेषाधिकार दिने या महिलाको प्रतिनिधित्व, दलितको प्रतिनिधित्व राज्यका विभिन्न क्षेत्रमा हुनुपर्छ भन्नेहरुलाई सिध्याएपछि हुन्छ केरु तर दुर्भाग्य के छ भने जुन वर्ग, समुदायका निम्ति भनेर हामी लडाइँ लड्यौं, त्यो वर्ग समुदायपनि जानेर वा नजानेर आफूलाई नै अत्याचार गर्नेहरुको पछिपछि लागेर ताली पिट्दै हिँडेको देख्दा मलाई कहिलेकाहीं बडो नमिठो लाग्छ । के भएको होला भन्ने महशुस हुन्छ ।’

पूर्व अर्थसचिव खनालले केही दिनअघि ‘यो माओवादी पार्टी कति वर्षमा सकिएला ? कसैको अनुमान ? नाटक अली लामै भयो त ।’ भनि ट्वीट गरेका थिए । अध्यक्ष प्रचण्डले माओवादी आन्दोलनमा जातीय विभेद हटाउन अन्तर जातीय विवाह गर्ने क्रम सुरु भएको भए पनि अझै जातिय विभेद कायम रहेकोमा दुःख व्यक्त गरे । उनले रोल्पा, रुकुममा अन्तर जातीय प्रेम गरेका कारण दलित युवा मारिनु आफ्नो लागि पीडाको विषय भएको उल्लेख गरे । उनले कतिपयले जातीय विभेदको अन्त्य गर्न भनि भएको बिद्रोहलाई बदनाम गर्न र संघीयता उल्ट्याउन चाहेको पनि बताए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७