१७ विगाह १० कठ्ठामा लगाइएको गाँजा खेती नष्ट


१५ कार्तिक २०७८, सोमबार
gaja kheti

मकवानपुर, १५ कात्तिक । मकवानपुर जिल्लाको कैलाश गाउँपालिका ४, ९ र १० का विभिन्न गाउँमा लगाइएको अवैध गाँजा खेती प्रहरीले नष्ट गरेको छ । नामटार डाँडा, जलेश्वर टिमुरे, खैरेनीटार लगायतका ठाउँमा १७ विगाह १० कठ्ठा जमिनमा अवैध रुपमा गाँजा खेती गरिएको थियो ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता जयश्वर रिमालका अनुसार प्रहरी प्रधान कार्यालय, लागुऔषध नियन्त्रण ब्युरो कोटेश्वर, बागमती प्रदेश प्रहरी, बागमती प्रदेश दंगा नियन्त्रण गण र जिप्रका मकवानपुरबाट खटिएको ७२ जनाको प्रहरीको टोलीले गाँजा खेती नष्ट गरेको हो । प्रहरी निरीक्षक अविनाश अधिकारीको कमाण्डमा गाँजा खेती नष्ट गर्ने अभियान कात्तिक १४ देखी १६ सम्म सञ्चालन हुने बताइएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७