कस्तो रहला भाइटीकासम्मको मौसम ?


१८ कार्तिक २०७८, बिहीबार
kathamandu upatiyaka scaled

काठमाडौं, १८ कात्तिक । आज (बिहीबार) देशका विभिन्न भू–भागमा वर्षा र हिमपातको सम्भावना रहेको मौसमविदले बताएका छन् । आज दिउँसो देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

प्रदेश–१ को पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको जनाइएको छ । प्रदेश–१, गण्डकी प्रदेश, कर्णाली प्रदेशका हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको विभागले जनाएको छ ।

आज राति देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सफा रहने छ । प्रदेश–१ र गण्डकी प्रदेशका हिमाली भू–भागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । यसैबीच आज बिहान ६ बजे काठमाडौंको तापक्रम १०.४ डिग्री सेल्सियस रहेको छ । दिउँसो बढेर २३ देखि २५ डिग्री सेल्सियससम्म पुग्ने मौसमविद् राजु प्रधानाङ्कले जानकारी दिए । हिजो बिहान ६ बजे काठमाडौं उपत्यकाको तापक्रम ११.५ डिग्री सेल्सियस रहेको थियो ।

बुलेटिनअनुसार तीन दिन मौसम यस्तो रहने अनुमान

बिहीबार (आज)
दिउँसो –
देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने छ । प्रदेश–१ को पहाडी भू–भागका एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना छ । साथै प्रदेश–१, गण्डकी, कर्णाली प्रदेशका हिमाली भू–भागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।
राति – देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने छ । प्रदेश–१ र गण्डकी प्रदेशका हिमाली भू–भागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।

शुक्रबार
दिउँसो –
देशको प्रदेश–१, बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली तथा बाँकी प्रदेशमा मौसम सामान्यतया सफा रहने छ । प्रदेश–१ र गण्डकी प्रदेशका हिमाली भू–भागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।
राति – देशको प्रदेश–१, प्रदेश–२ र बागमती प्रदेशमा आंशिकदेखि सामान्य बदली रहने तथा बाँकी भू–भागमा आंशिक बदली रहने छ । प्रदेश–१ र गण्डकी प्रदेशका हिमाली भू–भागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।

शनिबार
दिउँसो –
देशका प्रदेश–१, प्रदेश–२, बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली तथा बाँकी प्रदेशमा मौसम सामान्यतया सफा रहने छ । प्रदेश–१ का एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना छ । साथै प्रदेश–१ र गण्डकी प्रदेशका हिमाली भू–भागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।
राति – देशभर आंशिक बदली रहने छ । गण्डकी प्रदेशका हिमाली भू–भागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७