प्रधानन्यायाधीशले आज पनि तोके आफूसहितको १० इजलास


२९ कार्तिक २०७८, सोमबार
cholendra

काठमाडौं, २८ कात्तिक । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले आज (सोमबार) पनि आफूसहितको १० इजलास गठन गरेका छन् । उनले पूर्ण, एकल र संयुक्त इजलास गठन गरेका हुन् । ती इजलासमा सबै प्रकृतिका मुद्दाको पेशी तोकिएको छ ।

तर, सर्वोच्चकै न्यायाधीश र कानुन व्यवसायीहरु भने करिब ३ हप्तादेखि इजलास बहिष्कार गर्दै आएका छन् । उनीहरुले बेन्च र बहस बहिष्कार गर्दै प्रधानन्यायाधीशको राजीनामा माग गर्दै आन्दोलित छन् । उनीहरुले तत्काल राजीनामा दिएर मार्ग प्रशस्त गरिदिन जबरासँग आग्रह गर्दै आएका छन् ।

यता प्रधानन्यायाधीश जबराले सोमबार विज्ञप्ति जारी गर्दै आन्दोलत कानुन व्यवसायीहरुलाई वार्तामा आउन आग्रह गरेका छन् । उनले संविधानसभाबाट जारी नेपालको संविधानको सफल कार्यान्वयन गर्न राज्यका सबै अंगसहित राज्यका सम्पूर्ण निकायहरु एकताबद्ध हुनुपर्ने खाँचो रहेको भन्दै वार्तामा आउन आग्रह गरेका हुन् ।

यता कानुन व्यवसायीहरुले भने जबराले विज्ञप्ति जारी गर्ने वित्तिकै वार्तामा नबस्ने आफ्नो धारणा सार्वजनिक गरेका छन् । नेपाल बार एसोसिएसनले जबरासँगको वार्तामा नबस्ने र तत्काल राजीनामा दिनुपर्ने भन्दै आन्दोलनलाई थप पेचिलो बनाउने बताएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७