पाकिस्तानसँग सम्बन्ध बढाउनुको अर्थ भारतसँग दूरी बढाउन होइन : तालिबानी विदेशमन्त्री


३० कार्तिक २०७८, मंगलवार
amir khan muktaki kk5ZZwIgCS

काबुल, ३० कात्तिक । अफगानिस्तान कब्जा गरेको तालिबानले भारतसँग दुष्मनी नभइ मित्रता चाहेको बताएको छ । विदेशमन्त्री अमिर खान मुक्तकीले बीबीसीसँगको कुराकानीमा आफूहरुले भारतसँग कुनै रिस र दुष्मनी नभई मित्रता चाहेको बताएका हुन् । भर्खरै पाकिस्तान भ्रमणबाट फर्किएका विदेशमन्त्री मुक्तकीले पाकिस्तानसँग सम्बन्ध बढाउनुको अर्थ भारतसँग दूरी बढाउनु नरहेको बताएको पनि खबरमा उल्लेख छ ।

तालिबान सरकारले कुनै पनि देशसँग मित्रवत व्यवहार गर्ने भन्दै विदेशमन्त्रीले रुस, चीन, भारतलगायतका ठूला देशसँगको सम्बन्ध सुमधुर बनाउने बताएका छन् । देशका धेरै ठाउँबाट इस्लामिक स्टेट आईएसलाई पराजित गरेको र अफगानिस्तानमा धेरै ठूलो खतरा नरहेको उनको दाबी छ ।

पहिलो पटक महिला पत्रकारलाई अन्तर्वार्ता दिएका विदेशमन्त्री मुक्तकीले महिलालाई अधिकार दिने सरकारको घोषणा कार्यान्वयन हुने पनि दाबी गरेका छन् । तालिबान पहिलेको तुलनामा धेरै बदलिएको भन्दै उनले महिलालाई प्रतिबन्ध लगाएर देश अघि बढ्दैन भन्ने कुरामा आफूहरु ढुक्क रहेको बताएको खबरमा उल्लेख छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७