लुम्बिनी प्रदेश र ललितपुर जिल्लाका प्रहरी प्रमुख फेरिए


५ मंसिर २०७८, आईतवार
Nepal police

काठमाडौं, ५ मंसिर । गृह मन्त्रालयले लुम्बिनी प्रदेशका डीआईजी मुकुन्दराज आचार्यको सरुवा गरेको छ । आचार्यलाई चार महिनामै हटाइएको छ । उनले २०७८ असार ७ मा लुम्बिनी प्रदेशको कमाण्ड लिएका थिए । लुम्बिनीमा डीआईजी प्रकाश अधिकारीलाई सरुवा गरिएको गृह मन्त्रालयका एक जना उच्च अधिकारीले बताए । आचार्यलाई भने लागु औषध नियन्त्रण ब्यूरोमा सरुवा गरिएको छ ।

आचार्यको कार्यसम्पादन कमजोर देखिएको प्रहरी प्रधान कार्यालयले गरेको छानबिनबाट देखिएको छ । आचार्यले गलत नियत राखेर कारबाही गरेपछि तत्कालीन ईलाका प्रहरी कार्यालय बर्दघाट सुस्ता पश्चिमका इन्स्पेक्टर कपिल वाग्लेले मृत्यु रोजेको आरोप छ ।
साउन २५ मा मोटरसाइकलमा ठोक्किएर वाग्लेको मृत्यु भएको थियो । आईजीपीको सचिवालयमा कार्यरत डीआईजी वसन्त कुमार लामालाई प्रबन्ध निर्देशनालयमा सरुवा गरिएको छ ।

एसएसपी सरुवा : ललितपुरमा पोरखेल
गृह मन्त्रालयले महानगरीय प्रहरी परिसर ललितपुरका एसएसपीको सरुवा गरेको छ । ललितपुरमा एसएसपी यज्ञविनोद पोखरेललाई काज सरुवा गरिएको गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणी पोखरेलले बताए ।

ललितपुरमा कार्यरत किरण बज्रचार्यलाई प्रहरी प्रधान कार्यालयस्थित अन्वेषण योजना निर्देशनालयमा सरुवा गरिएको छ । एसएसपी दिपक थापालाई प्रहरी प्रशिक्षण प्रतिष्ठानबाट तालिम निर्देशनालयमा सरुवा गरिएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७