सम्झौता रद्दले मुकेश अम्बानीलाई भयो ९ अर्ब डलर घाटा


७ मंसिर २०७८, मंगलवार
mukesh ambani

नयाँदिल्ली, ७ मंसिर । मुकेश अम्बानीको कम्पनी रिलायन्स इन्डस्ट्रिजको सेयर सोमबार पनि ४ प्रतिशतभन्दा बढी घटेको छ । जसले गर्दा कम्पनीको मूल्यमा झण्डै ९ अर्ब डलर गिरावट आएको छ ।

भारतकै सबैभन्दा मूल्यवान् रिलायन्स कम्पनीले साउदी अरेबियाको सरकारी कम्पनी साउदी अरामकोसँग १५ अर्ब डलरको प्रस्तावित सम्झौता रद्द गरेको थियो । यसैकारण लगानीकर्ताको धारणा प्रभावित भयो र रिलायन्सको सेयर ओरालो लाग्यो ।

बीएसईमा रिलायन्स कम्पनीको सेयर ४.२२ प्रतिशत घट्दै २३६८.२० मा झरेको छ । यसमा कम्पनीको मूल्य करिब ६६ हजार करोड रुपैयाँ घटेको छ । क्रेटिड सुइसले रिलायन्सको सेयरलाई न्युट्रल रेटिङ दिएको छ । उसका अनुसार साउदी अरामकोसँगको सम्झौताले कम्पनीका लागि उत्प्रेरकको काम गरिरहेको थियो ।

अरामकोका अध्यक्षलाई रिलायन्सको बोर्डमा सहभागी गराइएको थियो भने सम्झौता सफल हुने ठानिएको थियो । लगानीकर्ताको मनमा यत्ति मात्रै जिज्ञासा थियो– सम्झौता पूरै नगदमा हुन्छ वा नगद र स्टकमा ? यही कारण कम्पनीको खुलासाले लगानीकर्ताको धारणा प्रभावित भयो । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७