सहमति नभए सबै पदमा चुनाव : ओली

‘भीम रावलजीले भोटिङ ओके भनेपछि ढुक्क भएँ’


७ मंसिर २०७८, मंगलवार
kp oli2021aaa s7JqXEWQTd

काठमाडौं, ७ मंसिर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सहमति नभए आसन्न दशौं राष्ट्रिय महाधिवेशनको नेतृत्व चुनावबाटै छानिने बताएका छन् । अध्यक्षदेखि केन्द्रीय सदस्यसम्म चुनाव गर्ने ओलीले स्पष्ट पारेका हुन् ।

मंगलबार काठमाडौंमा सम्पादकसँगको अन्तरक्रियामा बोल्दै अध्यक्ष ओलीले आफूले कसैलाई दबाब नदिने बताए । एमालेको १०–१२ चितवनमा हुने महाधिवेशनका लागि भीम रावललगायतका नेताले उम्मेदवारी घोषणा गरेपछि ओलीले सो प्रतिक्रिया दिएका हुन् । उनले सहमति केमा गर्न खोजेको भन्दै प्रश्न गरेका छन् ।

‘पदाधिकारीमा सहमति खोज्नुहुन्छ कि अरूमा’, प्रश्न गर्दै ओलीले भने, ‘मेरा कारणले कसैलाई दबाब दिन्नँ, दबाब हुने खालका कुनै काम हुँदैन । मेरो इच्छा त मिलेर जाने हो, कर लगाएर उठ्नु भन्नुपरोस् न, सहमति नभए सबैमा चुनाव हुन्छ, पदाधिकारीदेखि केन्द्रीय सदस्यसम्म ।’ अध्यक्ष ओलीले विगतमा जो जो जहाँ भए पनि अहिले सबै एमाले नै भएको बताए ।

‘हिजो को कता भन्ने हो, आज हामी सबै एकै ठाउँमा छौँ, अहिलेको व्यवस्थापन भनेको चुनाव भोट ल्याएर जित्ने हो, यसको पक्ष र त्यसको पक्ष भनिरहँदा पार्टी एकजुट हुँदैन, हाम्रोमा नेताको व्यवस्थापन मुख्य कुरा होइन’, ओलीले थपे ।
‘भीम रावलजीले भोटिङ ओके भनेपछि ढुक्क भएँ’
अध्यक्ष केपी शर्मा ओलीले पार्टीको महाधिवेशनमा भोटिङ मेशिनप्रति ढुक्क रहेको बताएका छन् । अध्यक्ष ओलीले भीम रावल ढुक्क भएपछि आफू पनि ढुक्क रहेको बताएका छन् । ‘भीम रावलजीले भोटिङ ओके छ भनेपछि म पनि ढुक्क छु’, उनले भने । तर, आफूले मेशिन नचलाएको ओलीको भनाइ छ । एमालेको १० औं महाधिवेशन १०–१२ मंसिरमा चितवनमा हुँदैछ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७