एमाले सचिवमा उम्मेदवारी दिने शेरधन राईको घोषणा


९ मंसिर २०७८, बिहीबार
Sherdhan rai 1

काठमाडौं, ९ मंसिर । नेकपा एमालेका नेता शेरधन राईले सचिव पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् । नयाँ नेतृत्व चयनका लागि एमालेको दशौं महाधिवेशन भोलि शुक्रबारदेखि चितवनमा शुरु हुँदैछ । प्रदेश–१ का पूर्व मुख्यमन्त्री समेत रहेका राईले सचिवमा उम्मेदवारी दिने तयारी गरेका छन् ।

विद्यार्थी राजनीतिबाट आएका उनी चार कार्यकाल जिल्ला अध्यक्ष भएका उनी नवौं महाधिवेशनबाट केन्द्रीय सदस्य चुनिएका थिए । पोलिब्टुयरो सदस्य समेत रहेका उनी प्रदेश १ को मुख्यमन्त्री बनेका थिए । निरन्तर पार्टी एकताको पक्षमा उभिएको भन्दै उनले भने, ‘सबै हिसाबले मेरो उम्मेदवारी कथाले माग्छ ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७