मधेस आन्दोलनका उपलब्धीलाई ओझेलमा पारियो : उपेन्द्र यादव


१० मंसिर २०७८, शुक्रबार
upendra

चितवन, १० मंसिर । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले संघियता, लोकतन्त्र र समाबेशितालाई आम जनताको हितमा सफल तुल्याउन आवश्यक रहेको बताएका छन् ।

शुक्रबार चितवनमा एमालेको १० औं महाधिवेशनको उद्घाटनसत्रलाई सम्बोधन गर्दै उनले समावेशी लोकतान्त्रिक संविधानले मात्रै जनताको आवाज सम्बोधन हुने बताएका हुन् ।

उनले भने, ‘समावेशी लोकतान्त्रिक संविधान आवश्यक छ । लोकतान्त्रिक संस्थाहरु निष्कृय र निष्प्रभावि भएका छन् । संघीयता लोकतन्त्र र समाबेशीतालाई आम जनताको हितमा सफल तुल्याउनु परेको छ ।’ उनले भने–‘अहिले एकातिर नेपालको विविधतालाई एकतामा र एकतालाई विविधतामा कस्ने समावेशी र लोकतान्त्रिक संविधानको अभावले शान्ति संघीयता सुशासन आर्थिक समृद्धिहरू टाढिँदै गएको छ ।

जनआन्दोलन, मधेश आन्दोलनका उपलब्धिहरूलाई जालझेल र षडयन्त्र गरी ओझेलमा पारिएको छ ।’ नेता यादवले अहिलेको राजनीतिक अवस्थालाई सुधार गर्ने विषयमा एमाले महाधिवेशन सफल होस भन्ने कामना गरेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७