कांग्रेस काठमाडौंको सभापतिमा कृष्ण बानियाँ निर्वाचित (पदाधिकारी सूची)


१३ मंसिर २०७८, सोमबार
Sabuj Baniya Kathmandu Congress

काठमाडौं, १३ मंसिर । नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत काठमाडौं जिल्ला अधिवेशनले नयाँ नेतृत्व चयन गरेको छ । अधिवेशनअन्तर्गत भएको निर्वाचनबाट काठमाडौं कांग्रेस सभापति पदमा कृष्ण बानियाँ ‘सबुज’ विजयी भएका छन् । उनले १९५७ मत ल्याएर जितेका हुन् । उनका प्रतिस्पर्धी उपेन्द्र कार्कीले १०८९ मत ल्याए ।

यस्तै उपसभापतिमा गोकर्ण केसी र राजकुमार नकर्मी विजयी भएका छन् । उनीहरूले क्रमशः १९२२ र १०४७ मत ल्याएर चुनाव जितेका हुन् । उपसभापति पदमै उठेका धर्मराज अर्याल (१०४७) र रामलाल श्रेष्ठ (९४३) धर्मराज अर्याल भने पराजित भए ।

यस्तै कांग्रेस काठमाडौं जिल्ला सचिवमा इन्द्रबहादुर थापा (१९१५) र गोविन्द पुडासैनी (१८१७) विजयी भएका छन् । सोही पदमा चुनाव लडेका सागर दास रन्जित (९४४) र कुमारराज सुवेदी (८५८) हारे । यस्तै सहसचिवमा प्राडा अमिता प्रधान (२०६६) र रोमलाल श्रेष्ठ (१७७५) विजयी भएका छन् भने सुस्मिता प्रधान (९८८) र लक्षम्ण गौतम (९०२) पराजित भए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७