कांग्रेस भक्तपुरको सभापतिमा देउवा निकट दुर्लभ थापा निर्वाचित


१४ मंसिर २०७८, मंगलवार
durlav thapa zmmo0JLcsD

भक्तपुर, १४ मंसिर । नेपाली काँग्रेस भक्तपुरको अधिवेशनबाट पार्टी सभापति पदमा दुर्लभ थापा निर्वाचित भएका छन् । यो उनको दोस्रो कार्यकाल हो । १३ औं महाधिवेशनमा पनि थापा नै सभापतिमा निर्वाचित भएका थिए ।

सोमबार सम्पन्न मतदानको परिणाम अनुसार केन्द्रिय सभापति शेरबहादुर देउवा निकट थापाले ५५५ मत प्राप्त गरेका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी अष्ट कुमार कवेले ४४२ मत ल्याए । अघिल्लो पटक पनि थापा र कवेँनै सभापति पदमा प्रतिस्पर्धी थिए ।

उपसभापतिमा पनि थापा निकट समूहकै विजेश अवाल र उर्मिला वन निर्वाचित भएका छन् । सचिवमा पनि सोही समूहकै सुशील बस्नेत र राजेश खड्का विजयी भए । सहसचिव पदमा सभापति थापा समूहकै यादव प्रसाद अधिकारी र कृष्णमुरारी न्यौपानेले जित हासिल गरेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७