कपिलवस्तु कांग्रेसको सभापतिमा पौडेल पक्षका कलाम विजयी


१४ मंसिर २०७८, मंगलवार
247738985 408701857615520 89771172908281220 n 0j66Sl4Amf

कपिलवस्तु, १४ मंसिर । नेपाली कांग्रेस कपिलवस्तुको जिल्ला सभापतिमा अब्दुल कलाम विजयी भएका छन् । जिल्ला अधिवेसन अन्तर्गत आइतबार नेतृत्व चयनका लागि मतदान भएको थियो ।

आज विहान सकिएको मतगणना अनुसार संस्थापन इतर अर्थात रामचन्द्र पौडेल पक्षका कलाम ९२८ मत प्राप्त गरी निर्वाचित भएका हुन् । उनका प्रत्यासी शेरवहादुर देउवा पक्षका राजेश आचार्यले ८१९ मत ल्याएका छन् ।

सभापतिमा निर्वाचित कलाम कपिलबस्तुको महाराजगञ्ज नगरपालिकाको मेयर समेत हुन् । कपिलबस्तुको दुई उपसभापतिमा रजतराज आचार्य र हुमकान्त खनाल विजयी भएका छन् । सचिवमा शक्तिसिंह ठकुरी र प्रेमबहादुर सिंह रायमाझी चुनिएका छन् । पदाधिकारी र कार्यसमितिमा पनि पौडेल पक्षको वर्चस्व छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७