बर्दिया कांग्रेस सभापतिमा अरुणसिंह राठौर निर्वाचित


१४ मंसिर २०७८, मंगलवार
Arun prakash sing rathaur

बर्दिया, १४ मंसिर । नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत बर्दियामा जिल्ला कार्यसमितिको सभापतिमा संस्थापनतर्फका ५८ वर्षीय अरुणसिंह राठौर निर्वाचित भएका छन् । उनले ८७० मत प्राप्त गरेका छन् ।

उनका प्रतिद्वन्द्वी पौडेल पक्षका भुवनेश्वर चौधरी ६६८ मत प्राप्त गरेका छन् । निर्वाचित राठौर कांग्रेसको १० र ११ औं महाधिवेशनमा बर्दियाका सभापति भइसकेका थिए । एक महिला सदस्यबाहेक सबै प्यानलमा संस्थापन पक्ष निर्वाचित भएका छन् । महासमिति सदस्य २४ जना संस्थापन पक्षका निर्विरोध निर्वाचित भएका छन् ।

२ जना जिल्ला कार्यसमितिमा निर्वाचित भएको सहायक मतदान अधिकृत वीरबहादुर रोकायले बताए । उपसभापतिमा गोविन्दप्रसाद थारु ८६० र सोधे विष्ट ८५९ मत प्राप्त गरी विजयी भएका छन् । सचिवमा जग्गाप्रसाद पाण्डे ८२९ र मीनराज चौधरीले ८७ मत प्राप्त गरी निर्वाचित भएका छन् । उपसचिवमा तिलक लम्साल ९५३ र मेघबहादुर गुरुङ ८९२ मत प्राप्त गरी विजयी भएको सहायक मतदान अधिकृत रोकायले जनाए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७