३७ अंकले घट्यो नेप्से, तीन अर्ब १२ करोडको कारोबार


२१ मंसिर २०७८, मंगलवार
share
फाइल फोटो

काठमाडौं, २१ मंसिर । शेयर बजार परिसूचक नेप्से आज (मंगलबार) फेरि ओरालो लागेको छ । हिजो (सोमबार) ३२ अङ्कले बढेको नेप्से आज ३७ दशमलव १८ अङ्कले घटेर दुई हजार पाँच सय ८ दशमलव ९० विन्दुमा झरेको छ ।

आज व्यापार र म्युचल फन्ड बाहेक सबै समूहको शेयर ओरालो लागेको छ । विकास बैंक, फाइनान्स, माइक्रोफाइनान्स र बीमा समूहको शेयर उच्च अङ्कले घटेको छ ।

आज दुई सय ३१ कम्पनीका ८३ लाख ३० हजार कित्ता शेयर तीन अर्ब १२ करोड रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै प्राइम कमर्सियल बैंकको १२ करोड ३६ लाख रुपैयाँको शेयर किनबेच भयो । आज आईसीएफसी फाइनान्सको शेयर साढे सात प्रतिशत भन्दा धेरैले र कालिका माइक्रोक्रेडिट डेभलपमेन्ट बैंकको शेयर झण्डै सात प्रतिशतले घटेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७