एमसीसी सम्झौता पेस गर्ने तयारी


२९ मंसिर २०७८, बुधबार
MCC1631116720

काठमाडौं । प्रतिनिधिसभाको आउँदो बैठकमा अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सँग भएको अनुदानसम्बन्धी सम्झौता पेस गर्ने तयारी भएको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवाले मंगलबार शुरु भएको हिउँदे अधिवेशनको पहिलो बैठकमै सम्झौता टेबल गर्न चाहेका थिए तर गठबन्धनका अन्य दलले बृहत् छलफल गर्नुपर्ने सुझाव दिएपछि आगामी बैठकमा अघि बढाउने तयारी गरिएको स्रोतले जानकारी दिएको छ ।
देउवाले माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई तत्काल एमसीसी अघि बढाउने विषयमा कुराकानी गरेका थिए । प्रचण्डले एक पटक सर्वदलीय छलफल गरी अघि बढाउनु उचित हुने सुझाव दिएको स्रोतले बताएको छ ।

अध्यक्ष प्रचण्ड एमसीसी सम्झौता संशोधन गरेर मात्र संसद्बाट अघि बढाउने पक्षमा छन् । प्रतिपक्ष दल एमालेले एमसीसीबारे अझै धारणा बनाइसकेको छैन । ‘प्रतिनिधिसभाको आगामी बैठकमा एमसीसी टेबल गर्ने तयारी छ,’ स्रोतले भन्यो, ‘त्यसअघि गठबन्धनका तर्फबाट सर्वदलीय बैठक हुनेछ ।’ प्रतिनिधिसभाको दोस्रो बैठक पुस ६ का लागि बोलाइएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७