प्रिमियर लिग : म्यानचेस्टर सिटी र चेल्सीको जित


१२ पुष २०७८, सोमबार
Chealsea iKGr0njtAS

काठमाडौं । इङलिस प्रिमियर लिगअन्तर्गत आइतबार राति भएको आ-आफ्नो खेलमा म्यानचेस्टर सिटी र चेल्सीले जित हात पारेका छन् । म्यानचेस्टर सिटीले लेस्टर सिटीलाई ६-३ गोल अन्तरले पराजित गर्दा चेल्सीले एस्टन भिल्लामाथि ३-१ गोल अन्तरको जित हात पारेको हो ।

म्यानचेस्टर सिटीलाई जित दिलाउने क्रममा रहिम स्टर्लिङले दुई गोल गरेका थिए भने अन्य चार खेलाडीले एक/एक गोल गरे । खेलको पहिलो हाफमा म्यानचेस्टर सिटीले ४-० को अग्रता लिएको थियो । दोस्रो हाफमा म्यानचेस्टर सिटीले दुई गोल थप्दा विपक्षी टोलीले पनि ३ गोल फर्काएको थियो ।

अर्को खेलमा आत्मघाती गोलबाट १-० ले पछि परेको चेल्सीलाई जित दिलाउने क्रममा जर्जिन्होले दुई गोल गरे भने रोमेलु लुकाकुले एक गोल गरेका थिए । यससँगै म्यानचेस्टर सिटी १९ खेलबाट ४७ अंकका साथ लिगको शीर्षस्थानमा छ भने समान खेल खेलेको चेल्सीले ४१ अंक हात पार्दै तेस्रो स्थानमा छ ।

दोस्रो स्थानमा रहेको लिभरपुलले भने १८ खेलबाट ४१ अंक हात पारेको छ । आइतबार रातिको लागि तय भएको लिभरपुलको खेल कोरोना संक्रमणको कारण रोकिएको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७