एमाले अधिवेशन : बैतडीमा जुटेन सहमति, पाल र चन्दको प्यानल चुनावी मैदानमा


२५ पुष २०७८, आईतवार
r mPvHOO75Tr

बैतडी । नेकपा एमालेको बैतडीको जिल्ला अधिवेशनमा नयाँ नेतृत्व चयनका लागि सहमति जुटन नसकेपछि दुई प्यानल चुनावी मैदानमा उत्रिएका छन् । आठौं जिल्ला अधिवेशन पश्चात बन्द सत्रपछि नयाँ नेतृत्व चयनका लागि दुई समूहले उम्मेदवारी दर्ता गराइसकेका छन् ।

सहमतिमा जिल्ला नेतृत्व चयन गर्न लगातार दुई दिनसम्म छलफल गरिए पनि सहमति नहुँदा अन्ततः प्यानलसहित दुबै समूह निर्वाचनमा होमिएका छन् । वर्तमान अध्यक्ष सुरेन्द्र पाल र पञ्चेश्वर गाउँपालिकाका अध्यक्ष गोरखबहादुर चन्दले समूह बनाएर उम्मेदवारी दर्ता गराएका छन् ।

उम्मेदवारी मनोनयनको समय शनिबार साँझ ७ बजे देखि १० बजे सम्म राखिएकोमा दुबैले आ-आफ्नो प्यानलसहित उम्मेदवारी दर्ता गराएका हुन् । आइतबार मतदान हुने बताइएको छ । पाल प्यानलबाट उपाध्यक्षमा रमिल बम, सचिवमा चक्रबहादुर कार्की, उपसचिवमा सरस्वती नेपाली र लोकेन्द्र भण्डारीले उम्मेदवारी दिएका छन् ।

चन्द प्यानलबाट उपाध्यक्षमा भरतसिंह महरा, सचिवमा सन्तोषप्रकाश जोशी, उपसचिवमा भगिरथ कुँवर र जनकबहादुर चन्दले उम्मेदवारी दिएका छन् । यस्तै जिल्ला सदस्य लगायतका पदमा पनि दुबै समूहले उम्मेदवारी दिएका छन् । नयाँ नेतृत्व चयनका लागि जिल्लाभरीबाट छनोट भएर आएका ५ सय ३५ जना प्रतिनिधिहरुले मतदान गर्नेछन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७