बागमतीमा सत्ता गठबन्धनका उम्मेदवार विजयी


१२ माघ २०७८, बुधबार
bagmati 7IzMtM6a3l 1

काठमाडौं, १२ माघ । बागमती प्रदेशको राष्ट्रियसभा निर्वाचनमा सत्ता गठबन्धन दलका संयुक्त उम्मेदवार (महिला)मा गोमादेवी तिमल्सिना र (अन्य)मा गठबन्धन दलकै कृष्ण प्रसाद पौडेल विजयी भएका छन् । तिमल्सिना नेकपा एकीकृत समाजवादी पार्टी र पौडेल कांग्रेसका उम्मेदवार हुन्।

तिमल्सिना र पौडेल क्रमश ४ सय ६३ र ४५० मतभारले विजयी भएका हुन् । महिला सदस्यमा तिमल्सिनाले ४ हजार ८ सय २४ मतभार प्राप्त गरेका छन् भने उनका निकटतम प्रतिष्पर्धा नेकपा एमालेकी उम्मेदवार निरुकुमारी कुँवरले ४ हजार ३ सय ६२ मतभार प्राप्त गरेकी छन् ।त्यस्तै नेमकिपाका महिला उम्मेदवार गीता काफ्लेले १३२ मतभार प्राप्त गरेको छ ।

त्यसैगरी अन्य सदस्य पदमा गठबन्धन दलका उम्मेदवार कृष्ण प्रसाद पौडेलले ४ हजार ७ सय ९४ मतभार प्राप्त गरेका छन भने उनका निकटतम एमालेका उमेदवार गोपाल शाक्यले ४३४४ मतभार प्राप्त गरेका छन् भने नेमकिपाका उम्मेदवार कृष्ण बहादुर तामाङले १३२ मतभार प्राप्त गरेका छन्।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७