युक्रेनको राजधानीमै पुगे रुसी सेना, विहानैदेखि भीषण युद्ध

सर्वसाधारणलाई सुरक्षित रहन र झ्याल–बरण्डामा ननिस्कन चेतावनी


१४ फाल्गुन २०७८, शनिबार
ukren 3

काठमाडौं । युक्रेनको राजधानी शहर किभमा शनिबार बिहानैदेखि भीषण युद्ध शुरु भएको छ । सीएनएनका अनुसार शुक्रबार रातिदेखि नै किभमा ठूलो विष्फोटका आवाज सुनिएको थियो ।

Kiev attack russia YcBWX79Sbc

शनिबार बिहान सबेरसम्म सुनिएका ठूलो विष्फोटका आवाज स्थानीय समयअनुसार ५ बजेपछि भने केही साम्य भएको थियो । विशेष गरी किभको पश्चिमी र दक्षिणी क्षेत्रमा उक्त विष्फोटहरु भएको जनाइएको छ । यद्यपि पौने ६ बाट किभमा पुनः गोलीबारी शुरु भएको छ । दक्षिण–पूर्वी क्षेत्रबाट ठूलो गोलीबारीको आवाज सुनिएको समाचारमा उल्लेख छ ।

ukraine war zFJQurBCQS

युक्रेनको राजधानी किभको सडकमा रुसी सेनासँग भिडन्त शुरु भएको सरकारलाई उद्धृत गर्दै युक्रेनको समाचार एजेन्सी इन्टरफ्याक्सले जनाएको छ । ‘हाम्रो शहरको सडकमा भिडन्त भइरहेको छ,’ समाचार एजेन्सीले जनाएको छ । समाचारमा सर्वसाधारणलाई सुरक्षित स्थानमा रहन र झ्याल वा बरण्डामा ननिस्कन चेतावनी दिएको छ । यसैबीच किभबाट करिब ३५ किलोमिटर दक्षिणमा रहेको भासिल्किभ शहरका मेयरले अहिले शहरको मध्यभागमा भीषण युद्ध भइरहेको बताएकी छन् ।

युक्रेनको संसदको च्यानलसँगको कुराकानीमा मेयर नातालिया बालासिनोभिकले भनिन्, ‘शहर पूरै युद्धमय बनेको छ ।’ उनले युद्धको क्रममा दुवैतर्फ ठूलो क्षति भएको उल्लेख गरेकी छिन् । उनले युक्रेनको सेनाका दुई सयभन्दा धेरै सैनिक घाइते भएको उल्लेख गरेकी छिन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७