कालोबजारी : डलर १२५, भारु १६५


१४ चैत्र २०७८, सोमबार
Doller

काठमाडौं । अवैध रूपमा आयातित सामानको भुक्तानी गर्न बजारमा आवश्यक विदेशी मुद्रा नपाएपछि व्यवसायीले एक अमेरिकी डलर साट्न १२५ र एक सय भारतीय रूपैयाँ (भारु) साट्न १६५ नेपाली रूपैयाँ तिर्नुपरेको छ ।

भन्सार छलेर र न्यून बिजकीकरण गरेर नेपालभित्र सामान ल्याउँदा भारत र तेस्रो मुलुकमा उक्त सामानको भुक्तानी गर्न आवश्यक मात्रामा डलर र भारु पाउने अवस्था छैन । मागअनुसार आपूर्ति नभएपछि डलर र भारुको विनिमय दरमा चाप परेको हो । अहिले बजारमा एक डलर र एक सय भारु लिन क्रमशः १२५ र १६५ नेपाली रूपैयाँ तिर्नु परेको व्यवसायी बताउँछन् ।

वैध रूपबाट (जुन मूल्य छ त्यसैलाई भन्सारमा घोषणा गरेर ल्याउने) आयात गरेका सामानको भुक्तानी गर्न राष्ट्र बैंकले व्यवसायीलाई विदेशी मुद्रा उपलब्ध गराउँछ । भन्सारमा मूल्य घटाएर ल्याएका सामान र भन्सार छलेर ल्याएका सामानको भुक्तानी गर्न भने व्यवसायी आफैले बजारबाट डलर र भारु किन्नुपर्छ । अहिले मुलुकभर अमेरिकी डलर र भारु अभाव भएकाले कालो बजारमा सट्टादर बढेको हो । नागरिक दैनिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७