छिमेकीको सेफ्टीट्यांकीमा भेटियो बालकको शव, सात जना पक्राउ


२४ चैत्र २०७८, बिहीबार
sarlahi balak hatya 0742022071702 1000x0 1


सर्लाही । सर्लाहीमा छिमेकीको शौचालयको सेफ्टीट्यांकीमा एक बालकको शव भेटिएको छ । सर्लाहीका प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमका अनुसार बिहीबार बिहान मलंगवा नगरपालिका-१२, गम्हरियास्थित जीतेन्द्र ठाकुरका १० वर्षीय छोरा आकाशको शव छिमेकी जगदीश ठाकुरको शौचालयको सेफ्टीट्यांकीमा भेटिएको हो ।

उनी चार दिनदेखि हराइरहेका थिए । गौतमका अनुसार आइतबार गाउँमा न्वारनको भोज खान गएका आकाश घर नफर्किएपछि प्रहरीलाई खबर गरिएको थियो । हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले छिमेकी जगदीशलाई पक्राउ गरेको छ ।

जगदीशले हत्या गरेको स्वीकार गरेपछि उनकै बयानका आधारमा प्रहरीले अरू ६ जनालाई समेत पक्राउ गरेको जनाइएको छ । प्रहरीका अनुसार घटनामा संलग्न एक जना अझै फरार छन् । बालकको शव प्रादेशिक अस्पताल मलंगवा लगिएको छ । घटनाको थप अनुसन्धान भइरहेको जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७