माओवादीले टुङ्गो लगाउन सकेन पदाधिकारी, प्रचण्डले मागे दुई-चार दिन समय


२३ असार २०७९, बिहीबार
prachanda mao scaled

काठमाडौँ । सत्तारुढ नेकपा माओवादी केन्द्रले छिट्टै पदाधिकारीको टुङ्गो लगाउने जनाएको छ । आज (बिहीबार) को केन्द्रीय कमिटी बैठकमा अध्यक्ष प्रचण्डले गृहकार्य नपुगेकको भन्दै छिट्टै पदाधिकारी पनि टुङ्गो लगाउने बताए । प्रचण्डले दुई-चार दिनभित्रै आवश्यक गृहकार्य गरेर पदाधिकारीमा रहनेको नाम टुङ्गो लगाउने जानकारी गराएको एक नेताले जानकारी दिए ।

माओवादीको केन्द्रीय समिति बैठकमा छिट्टै पदाधिकारी टुंगो लगाउन नेताहरुले नेतृत्वलाई दवाव दिएका थिए । सोही अनुसार प्रचण्डले दुई दिनसम्म नेताहरुसँग आन्तरिक छलफल पनि गरे । तर, अझै सहमति नजुटिसकेकाले यहि केन्द्रीय समिति बैठकबाट पदाधिकारी टुंगो लाग्न नसकेको बताइएको छ ।

बिहीबार बसेको केन्द्रीय समिति बैठकले पार्टीको स्थायी कमिटी र पोलिटब्युरो भने गठन गरिसकेको छ । माओवादीको स्थायी कमिटी ४१ र पोलिटब्युरो १५६ सदस्यीय बनेको छ । माओवादीको केन्द्रीय समिति बैठक आइतबारदेखि शुरु भएको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७