टेकप्रसाद राई बने नेपाल प्रहरीको प्रवक्ता


२३ असार २०७९, बिहीबार
tek bahadur

काठमाडौँ । नेपाल प्रहरीको केन्द्रीय प्रवक्ताको जिम्मेवारी प्रहरी नायव महानिरीक्षक (डीआईजी) टेकप्रसाद राईलाई दिइएको छ ।

प्रहरी महानिरीक्षकको सचिवालयमा पदस्थापन भएका प्रहरी नायव महानिरीक्षक राईलाई नेपाल प्रहरीको केन्द्रीय प्रहरी प्रवक्ता तोकिएको हो । प्रवक्ता समेत रहेका एसएसपी विष्णुकुमार केसीको सरुवा भएपछि राईलाई जिम्मेवारी दिइएको हो ।

राई यसअघि मानव बेचविखन ब्यूरोमा कार्यरत थिए । त्यसअघि ललितपुर परिसरको प्रमुखका रुपमा काम गरेका थिए । सेवा अवधिको लामो समय उनले विशेष ब्यूरोमा बिताएका छन् । गत साता राईसहित १७ जना आईजीमा बढुवा भएका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७