कम उमेरमा सगरमाथा चढेर गिनिजबुकमा नाम लेखाएका शम्भु तामाङकाे निधन


२४ असार २०७९, शुक्रबार
shambhu

काठमाडौँ । सबैभन्दा कम उमेरमा सगरमाथा आरोहण गरेर गिनिजबुकमा नाम लेखाएका शम्भु तामाङको निधन भएको छ । तामाङको बिहीबार निधन भएको हो ।

उनले सन् १९७३ मे ५ मा सगरमाथा आरोहण गरेका थिए । त्यस बेला उनको उमेर १७ वर्ष ६ महिना १५ दिन रहेको थियो । सिन्धुपाल्चोकको लिसंखुपाखर गाउँपालिका स्थायी घर भएका आरोही तामाङ लामो समयदेखि क्यान्सर पीडित थिए । तामाङका श्रीमती, एक छोरा र एक छोरी छन् ।

सिन्धुपाल्चोक रिस्याङ्खु मूल घर भइ हाल महाराजगञ्ज काठमाडौंमा बसोबास गर्दै आएका तामाङको नेपाल क्यान्सर हस्पिटल, गोदावरी, ललितपुरमा उपचार भइरहेको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७