गोली लागेका जापानका पूर्व प्रधानमन्त्री आबेको कस्तो छ अवस्था ?

आबेलाई गोली हान्ने व्यक्ति पक्राउ


२४ असार २०७९, शुक्रबार
abe

काठमाडौँ । जापानका पूर्व प्रधानमन्त्री सिन्जो आबेलाई गोली हान्ने एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा ४१ वर्षीय यामागाती तेत्सुया रहेका छन् ।

आबेको स्वस्थ्य अवस्था चिन्ताजनक रहेको जापानका संचारमाध्यमहरुले जनाएका छन् । समाचार एजेन्सी एनएचकेका अनुसार आबेलाई पछाडिबाट गोली लागेको थियो र भाषण गर्दागर्दै ढलेका थिए । उनलाई रगताम्मे अवस्थामा देखिएको थियो । उनका आक्रमणकारी हिरासतमा रहेको बताइन्छ ।

shinzo abe HTgj8Td4WS 1

टोकियोका पूर्व गभर्नर योइची मासुजोएले एक ट्वीटमा आबे ‘कार्डियोपल्मोनरी अरेस्ट’ को अवस्थामा रहेको बताएका छन् । प्रहरीले गोली हान्ने व्यक्तिको बारेमा थप अनुसन्धान गरिरहेको छ । आबे चुनावको दौडानमा थिए । स्थानीय नारा सहरमा भाषण गरिरहेको बेला आबेमाथि गोली प्रहार भएको थियो । ६७ वर्षीय आबे लिबरल डेमोक्रेटिक पार्टीमा आवद्ध छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७