थप चार जनामा हैजा, बिरामी संख्या २७ पुग्याे


२४ असार २०७९, शुक्रबार
फाइल फोटो

काठमाडौँ । काठमाडौँ उपत्यकामा थप चार जनामा हैजा भेटिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा निर्देशक डा. चुमनलाल दासले थप चारमा हैजाका बिरामी भेटिएको बताए ।

थप चार जनामा हैजा भेटिएसँगै अहिलेसम्म हैजा लाग्नेको संख्या २७ पुगेको छ । उनका अनुसार कागेश्वरी मनहरा-६ का तीन र ललितपुर महानगरपालिकाको हरिसिद्धिका एक जनामा हैजा देखिएको छ ।

कागेश्वरी मनहराका १८ वर्षीया महिला, २४ वर्षीया महिला र १२ वर्षका बालक तथा हरिसिद्धिका ६२ वर्षीया महिला रहेका छन् । कागेश्वरी मनहराका हैजाका बिरामीलाई उपचार पछि घर फर्किसकेको र हरिसिद्धिका ६२ वर्षीया महिलाको सुमेरु अस्पतालमा उपचार भइरहेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७