युद्धको विरोध गर्ने रुसी काउन्सिलरलाई सात वर्ष कैद


२५ असार २०७९, शनिबार
rusi

मस्को । मस्कोको एक जना काउन्सिलरलाई रुसले युक्रेनमाथि गरेको युद्धको विरोध गरे वापत सात वर्ष लामो कारावास सजाय सुनाएको छ । सरकार विरोधीलाई लक्षित गरी तर्जुमा भएको नयाँ कानुन अनुसार पूरा कैद सजाय पाउने ६० वर्षीय एलेक्सेइ गोरिनोभ पहिलो व्यक्ति हुन् ।

गत अप्रिलमा नगर परिषदको बैठकमा आक्रमणको आलोचना गरिरहेको उनको भिडियो सार्वजनिक भएपछि उनलाई पक्राउ गरिएको थियो । युक्रेनमाथि आक्रमण सुरु भएपछि बनेको नयाँ कानुन अनुसार रुसी फौजविरुद्ध झुटा खबर फैलाउने जोकोहीलाई पनि अधिकतम १५ वर्ष लामो कैद हुनसक्ने प्रावधान छ । रुसी जनतामाथि युक्रेनमा भइरहेको आक्रमणलाई ‘युद्ध’ को संज्ञा दिन समेत प्रतिवन्ध लगाइएको छ ।

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले यस आक्रमणलाई ‘विशेष सैनिक अभियान’ को संज्ञा दिने गरेका छन् । यद्यपि, उनले बिहीबार संसदीय नेताहरूलाई टिप्पणी गर्ने क्रममा ‘दोन्वासको युद्ध’ उल्लेख गरेका थिए । मानव अधिकार अभियन्ता पावेल चिकोभले नयाँ कानुन अनुसार कारावास सजाय पाउने गोरिनोभ पहिलो व्यक्ति भएको पुष्टि गरेका छन् । अहिलेसम्म न्यायधिशहरूले यस्तो मुद्दामा आर्थिक जरिबाना र निलम्वित सजाय मात्र सुनाउँदै आएका थिए । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७