आईएमई पे र दराजको ‘दराज वालेट डे’ अफर सार्वजनिक


५ भाद्र २०७९, आईतवार
daraz wallet day oAZFZjLR8z

काठमाडौं । आईएमई पे र दराजबीच ‘दराज वालेट डे’ को निम्ति सम्झौता भएको छ । सम्झौताअनुसार हरेक बुधवार आईएमई पे मार्फत भुक्तानी गर्दा १० प्रतिशत छुटको रिडिम भाउचर पाउने गरी व्यवस्था मिलाइएको छ ।

प्रयोगकर्ताहरूलाई हरेक बुधवार आईएमई पे एपको १० प्रतिशत छुट अधिकत ३५० रुपैयाँसम्म पाइने रिडिम भाउचर दराजको होम पेजमा प्रदान गरिने कम्पनीले जनाएको छ । यसअघि पनि आईएमई पे दराजको भुक्तानी पार्टनर रही यस्ता विभिन्न छुट सम्बन्धित अफरहरू ल्याएको थियो ।

यसअघि पनि ‘दराज वालेट डे’ सञ्चालन गरिएको थियो । दराज नेपाल र आईएमई पेबीच गत फागुन १३ गते आईएमई कम्प्लेक्समा भएको यो सम्झौताले पुरानो प्रयोगकर्ताहरूको साथै नयाँ प्रयोगकर्ताहरूलाई डिजिटल प्रविधि चलाउन प्रोत्साहन दिने दुवै कम्पनीले जनाएका छन् ।

दराजको बारेमा

नेपाल लगायत ४ विभिन्न दक्षिण एशियायी मुलुकहरूमा स्थित दराज एक सर्वप्रिय अनलाइन बजार हो । दराजले सदैव ग्राहकहरूलाई सर्वोत्तम ‘शपिङ एक्स्पिरियन्स’ प्रदान गर्ने प्रयास गरेको छ । केवल एक एप मै ग्राहकहरूले बच्चादेखि बूढा–बूढीसम्मलाई हुने घरायसी समानदेखि लिएर लुगा–फाटा, मोबाइल फोन, ल्यापटप, मेक–अपको समानसम्म किनमेल गर्न सक्ने दराजले जनाएको छ ।

आईएमई पे बारे

नेपालको पहिलो भुक्तानी सेवा प्रदायक आईएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रवद्र्घित आईएमई पे मोबाईल वालेट एप एक विद्युतीय भुक्तानी सेवा प्रदायक हो । ‘आईएमई पे’ आईएमई ग्रुप डिजिटल वित्तीय सेवा प्रदायकअन्तर्गतको एक उत्पादन हो । नेपाल राष्ट्र बैंकको भुक्तानी तथा फर्छयौट विनियमावली – २०७२ बमोजिम आईएमई डिजिटलले दुरसञ्चार सञ्जालको माध्यमबाट मोबाईल वालेट सेवा प्रदान गर्ने पहिलो कम्पनी हो ।

आईएमई पे मोबाईल वालेटमार्फत सेवाग्राही आफैले अथवा एजेन्टहरूकोमार्फत विभिन्न किसिमको भुक्तानी कार्यहरू गर्न सक्नेछन् । यसले व्यक्ति–व्यक्ति बीचमा हुने सामान्य रकम ट्रान्स्फर गर्ने सुविधादेखि लिएर विभिन्न अनलाइन तथा स्थलगत स्टोरहरूमा क्यूआर स्क्यान गरी भुक्तान गर्ने, मोबाइल रिचार्ज गर्ने र विभिन्न घरायसी तथा कार्यालयका बिलहरू भुक्तान गर्न मिल्ने सेवा प्रदान गर्दै आइरहेको छ ।

यस मोबाईल वालेटमा ब्याज तथा विभिन्न क्यासब्याक सुविधा पनि उपलब्ध छ । आईएमई डिजिटल सोलुसन लिमिटेडले बैंकको सुविधाबाट बञ्चित नेपाली तथा न्यून बैंकिङ सुविधा प्राप्त सम्पूर्ण सर्वसाधारण जनतालाई वित्तीय सेवाहरूको पहुँच उपलब्ध गराएर नेपालको वित्तीय समावेशीकरणमा योगदान पु¥याउने लक्ष्य लिएको छ ।

२० लाखभन्दा बढी ग्राहकहरूलाई सिधै मोबाईल वालेट एप तथा एजेन्टहरूमार्फत आईएमई पेले विद्युतीय भुक्तानी सेवा प्रदान गर्न सफल हुँदै आएको दाबी गरेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७