उदयपुरको निर्वाचन क्षेत्र नम्बर २ मा राई र दाहालको स्वतन्त्र उम्मेदवारी


२४ आश्विन २०७९, सोमबार
310966569 1299732864131555 705202906348386108 n 06CjTryYuT

उदयपुर । मंसिर ४ मा हुने प्रतिनिधि सभा निर्वाचनका लागि उदयपुरको निर्बाचन क्षेत्र नम्बर २ मा गठबन्धनका तर्फबाट नेपाल कम्युनिष्ट पाटी एकीकृत समाजवादीका जगनाथ खतिवडाको उम्मेदवारीविरुद्ध नेपाली कांग्रेसका क्षेत्रीय सभापति रामकुमार राई र निर्बाचन क्षेत्र नम्बर २ (ख) मा गठबन्धनका रामकुमार खत्रीकोविरुद्धमा नेकपा माओवादीका हेम दाहालले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् ।

सबैको सल्लाहाले स्वतन्त्रमा उम्मेद्वारी दिएको राईले बताएका छन । राई कांग्रेस क्षेत्र नम्बर २ का बहालवाला क्षेत्रीय सभापति, पूर्व जिल्ला सचिब, महाधिवेशन प्रतिनिधि, महासमिति सदस्य हुन् ।

कटारी क्षेत्रमा लोकप्रिय ५१ वर्षीय राई २०५४ को स्थानीय निकायको निर्वाचनमा नेपाली कांग्रेसबाट कटारी गाबिसका निर्वाचित अध्यक्ष हुन । लामो समय पार्टीभित्र काम गर्दा पनि उचित मूल्यांकन नभएकाले स्वतन्त्र उम्मेदवारी दिएको राईले बताए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७