सत्यमोहन जोशीको स्वास्थ्य अवस्था गम्भीर, आईसीयूमा उपचार हुँदै


२४ आश्विन २०७९, सोमबार
Satya mohan joshi3 scaled

काठमाडौं । वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीको स्वास्थ्य अवस्था गम्भीर रहेको छ । ललितपुरको किष्ट अस्पतालमा उनको उपचार जारी रहेको हो ।

असोज ६ गतेदेखि सोही अस्पतालमा उपचाररत जोशीमा डेंगु संक्रमण पुष्टि भएको थियो । विभिन्न रोगबाट समेत ग्रसित उनलाई हाल डेंगुले गलाएको र खाना खान मन नगर्दा समस्या भएको अस्पतालका अधिकारी अमिस पाठकले जानकारी दिए ।
पछिल्लो ३–४ दिनदेखि उनलाई खानामा बिल्कुलै अरुची हुने तथा खुलेर संवाद गर्न नसक्ने भएको पाठकको भनाइ छ ।

अस्पतालका निर्देशक प्राडा सुरज बज्राचार्यले जोशीको स्वास्थ्यमा उल्लेखनीय प्रगति नभएको र युरिन इन्फेक्सन तथा छातीमा निमोनियाका कारण मल्मोनोलोजिस्ट तथा इन्टरनल मडिसिन विभागसँगको सल्लाहमा आइतबारदेखि आईसीयूमा राखेर उपचार भइरहेको बताए । किष्ट अस्पतालले जोशीको स्वास्थ्य उपचारमा निरन्तर सहयोग गर्दै आएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७